ग्रामीण क्षेत्रमा भारतीय गाडीको बिगबिगी

प्रमोद यादव, पंचगावाँ, २५ फागुन/ पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा भारतीय सवारीसाधनहरूको बिगबिगी बढेको छ । वीरगंज भन्सार कार्यालयबाट प्रवेश अनुमतिविना भारतीय नम्बरका टाटा सुमो, बोलेरो, स्कार्पियो, मोटरसाइकलको बिगबिगी बढेको छ । पटेर्वासुगौली गाउँपालिका–४ का सुभाष चौधरीले भन्सार इजाजतविना सञ्चालनमा रहेका भारतीय सवारीसाधनहरू नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय प्रहरी प्रशासनको भएको तर उनीहरूको सहभागिता नदेखिंदा आशङ्का उत्पन्न […]
दिगो वन व्यवस्थापनबारे तालीम

प्रस, परवानीपुर, २५ फागुन/ डिभिजन वन कार्यालय, पर्साको आयोजना र सुनरस कन्सल्टेन्सी एन्ड ट्रेडर्स प्रालि वीरगंजको सहयोगमा आइतवारदेखि वीरगंजमा तीन दिने वन व्यवस्थापनसम्बन्धी तालीम शुरू भएको छ । जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित दिगो वन व्यवस्थापन एवं संवद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण तालीममा वनकर्मीहरूको क्षमता अभिवृद्धि गरी वन व्यवस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ । […]
स्ववियु निर्वाचन शान्तिपूर्ण गर्न बैठक

प्रस, वीरगंज, २५ फागुन/ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनलाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा आइतवार सरोकारवालाहरूको बैठक बसेको छ । आगामी चैत ७ गते हुने स्ववियु निर्वाचन विथोल्न षड्यन्त्र भइरहेको भन्दै नेपाल विद्यार्थी सङ्घ पर्साले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराउँदै उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेको थियो । सोही विषयमा आज […]
वीरगंजमा मिटर ब्याजपीडितहरूको प्रदर्शन

प्रस, वीरगंज, २५ फागुन/ मिटर ब्याजपीडित किसान, मजदूरहरूले आइतवार वीरगंजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । बिपी उद्यानबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर प्रजिअ गणेश अर्याललाई ज्ञापन बुझाएको थियो । सरकारले पनि मिटर ब्याजका कारण सम्पत्ति गुमाएका, जेल बसेका तथा अधिकांश व्यक्ति फरार रहेका अवस्थामा कानून संशोधन गरी देशभरि समस्या […]
मानवसेवा आश्रमद्वारा होली मिलन समारोह

प्रस, वीरगंज, २५ फागुन/ मानवसेवा आश्रम वीरगंजले नेपाल भोजपुरी प्रतिष्ठान वीरगंजसँगको सहकार्यमा आइतवार होली मिलन समारोह गरेको छ । आश्रम सञ्चालक देवेश मानवसेवाले २०७४ सालमा वीरगंजमा आश्रम स्थापना भएको र सोही बखतदेखि निरन्तर होली मिलन समारोह आयोजना गर्दै आएको बताए । नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले स्वागत गर्दै रङ्गको पर्व होली […]
गायक राईको प्रस्तुतिमा झुमे निजगढवासी

प्रस, निजगढ, २५ फागुुन/ युथ अफ निजगढले सञ्चालन गरेको प्रि–होली कन्सर्टमा निजगढवासी गायक राजेश पायल राईको प्रस्तुतिमा मन खोलेर नाचे । विगत एक दशकदेखि युथ अफ निजगढले होलीको अवसरमा सांस्कृतिक प्रस्तुति गराउँदै आएको छ । यसैक्रममा शनिवार आयोजित प्रि–होली कन्सर्टमा यहाँका दर्शकहरू गायक राईले गाएका ‘शान पनि त्याग्न राजी छुु, मान पनि त्याग्न राजी छुु, […]
केही भएको छैन भन्नु गलत –मन्त्री क्षत्री

प्रस, वीरगंज, २५ फागुन/ एन्जल वल्र्ड स्कूल वीरगंजले २१औं वार्षिकोत्सव समारोह मनाएको छ । एन्जल वल्र्ड स्कूलकी निर्देशिका पवित्रा प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले उद्घाटन गरेका थिए । उनले विद्यालयले अहिलेसम्म उत्कृष्ट विद्यार्थीहरू उत्पादन गरिरहेकामा गर्व गर्नुपर्ने बताए । शिक्षा हासिल गर्न असल अभिभावक, असल […]
पिएम कपको लागि मधेस टीम लुम्बिनी प्रस्थान

प्रस, परवानीपुर, २५ फागुन/ लुम्बिनी प्रदेशका तीनवटा खेलमैदानमा आइतवारदेखि शुरू भएको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशको टीम लुम्बिनी प्रस्थान गरेको छ । वीरगंजबाट आइतवार साँझ बसमा खेलाडीहरूलाई बिदाइ गरिएको मधेस प्रदेश क्रिकेट सङ्घका सदस्य बाबुजान अन्सारीले बताए । १५ सदस्यीय मधेस प्रदेशको टीममा रञ्जीत कुमार, कमल गुप्ता, निखिल सिंह, राजेश यादव, रोहण […]
एमालेको जीतपुरसिमरामा अभिमुखीकरण

प्रस, वीरगंज, २५ फागुन/ नेकपा एमालेको तीन महीने वडा केन्द्रित अभियान अन्तर्गत आइतवार जीतपुसिमरा उपमहानगरपालिका–३ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलले मुलुकको विकासका लागि एमालेले धेरै काम गरेको बताए । उनले जनताको पक्षमा एमालेले धेरै काम गरेको तर अहिलेसम्म एमालेले बहुमत प्राप्त गर्न नसकेर […]
डिएभी र सेस्मीमा विज्ञान प्रदर्शनी

प्रस, वीरगंज, २५ फागुन/ डिएभी स्कूलका विद्यार्थीहरूले विज्ञानसम्बन्धी हस्तकला प्रदर्शनी गरेका छन् । प्रदर्शनीको प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले उद्घाटन गरेका थिए । उनले विद्यार्थीहरूले सिकेका सीपलाई प्रदर्शनीको माध्यमबाट विद्यालयले जानकारी गराएर हौंस्याएको बताए । उनले प्रदर्शनीको आयोजना गरेर विद्यार्थीहरूमा थप ऊर्जा बढेको बताए । विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले विद्यार्थीहरूलाई वैज्ञानिक सोच, नवीनता, र अनुसन्धानमा […]