चौथो पर्सागढी फूटबलः वनशक्ति युवा क्लब फाइनलमा

बलिराम शुक्ला, बिरूवागुठी, २२ फागुन/
पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारको आयोजनामा सञ्चालित चौथो पर्सागढी फूटबल नकआउट प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न सेमिफाइनल खेलमा वनशक्ति युवा क्लब, सिद्धपुर विजयी भएर फाइनलमा पुगेको छ ।

सडेनडेथमा जनकल्याण युवा क्लब बारालाई पराजित गर्दै वनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको हो । आजको प्रतिस्पर्धात्मक खेलमा दुवै टीमले निर्धारित समयमा एक/एक गोलको बराबरी खेलेका थिए । टाइबे्रकरमा पनि दुवै टीमले बराबरी खेले । त्यसपछि सडेनडेथमा वनशक्ति युवा क्लबले जनकल्याण युवा क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुने र आजको विजेता वनशक्ति युवा क्लब र हिजोको विजेता पर्सागढी युवा स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष राम थापाले बताए । प्रतियोगिताको विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्