वीरगंज महानगरपालिकाको अनुगमनपछि श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूको सङ्ख्या घट्दो

प्रस, वीरगंज, २२ फागुन/ वीरगंज महानगरपालिकाले श्रीसिया नदी प्रदूषण नियन्त्रण अभियानलाई जारी राखेको छ । नवनिर्वाचित हुँदा नगरप्रमुख राजेशमान सिंहले श्रीसिया नदी प्रदूषणमुक्त गर्ने घोषणा गरेका थिए । उनको कार्यकालको लगभग तीन वर्ष पुग्न थालेको छ र यस अवधिमा श्रीसिया नदीमा जीवनदायी पानी अझै बग्न भने सकेको छैन । महानगरले श्रीसिया नदी प्रदूषणमा निरन्तर निगरानी […]
डढेलो नियन्त्रणमा समुदायको सहयोग आवश्यक –प्रमुख अहमद

बलिराम शुक्ला, बडनिहार, २२ फागुन/ समृद्विका लागि वन परियोजना रेड कार्यान्वयन केन्द्र, काठमाडौंको सहयोगमा डिभिजन वन कार्यालय, पर्साले बिहीवारदेखि दुई दिने वन डढेलो नियन्त्रण तालीम शुरू गरेको छ । विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिको सभाहलमा आयोजित तालीमको उद्घाटन डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले गरेका थिए । उनले फागुनको अन्तिम सातादेखि गर्मीयाम शुरू […]
गौर राइस मिलको जग्गा सार्वजनिक गर्न प्रमसँग माग

प्रस, रौतहट, २२ फागुन/ गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेमा जग्गा रोग्गा राखी दोषीउपर कारबाई माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पूर्वनगरप्रमुख गुप्ताले हिजो बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको गौर राइस मिलको जग्गा बेचबिखन गर्न लागेको भन्दै उक्त […]
भोजपुरी प्रतिष्ठानको आयोजनामा चित्रकला प्रदर्शनी

प्रस, वीरगंज, २२ फागुन/ भोजपुरी प्रतिष्ठान वीरगंजको सहकार्यमा वीरगंज कलाकार समाजले तीन दिने कलर अफ वीरगंज भनेर चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । राणीसती अथिति सदनको सभाहलमा आयोजित चित्रकला प्रर्दशनीको वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले उद्घाटन गरेका थिए । उनले प्रदर्शनीमा आफूले कोरेको चित्र ल्याएर सहयोग गरेकामा सहभागी विद्यालयका विद्यार्थीहरूलाई धन्यवाद दिए […]
घरेलु मदिराभट्टी नष्ट

प्रस, वीरगंज, २२ फागुन/ जिल्ला प्रहरी कार्यालय, बारा मातहतका प्रहरी युनिटले अवैधरूपमा सञ्चालित सातवटा घरेलु मदिराभट्टी नष्ट गरेको छ । जिप्रका, बारामा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले हिजो दिउँसो आदर्शकोतवाल गाउँपालिका–५ टेडाकट्टी, महागढीमाई नगरपालिका–१० र जीतपुरसिमरा उपमहानगर–१४, १५ र १७ गरी सात स्थानमा स्थानीय प्रहरी युनिटले अवैधरूपमा सञ्चालित घरेलु मदिराभट्टी नष्ट गरेको […]
पिलुवामा निश्शुल्क आँखा शिविर

प्रस, वीरगंज, २२ फागुन/ किरण आँखा अस्पताल वीरगंजको सहयोग र बिहीवार सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण हेडक्वार्टर, बारा, पिलुवाको आयोजनामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १५० जनाको आँखा चेकजाँच गरिएको थियोे । आँखामा समस्या देखिएकाहरूलाई निश्शुल्क आइड्रप प्रदान गरिएको थियो । शिविरमा सशस्त्र प्रहरीसहित किरण आँखा अस्पतालका ज्योति, नम्रता, […]
दोस्रो वीरगंज गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा

प्रस, वीरगंज, २२ फागुन/ वीरगंजमा जारी दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको सेमिफाइनल खेलमा मच्छिन्द्र फूटबल क्लब काठमाडौंले सहलेश फूटबल क्लब सिराहालाई एकका विरूद्ध तीन गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आदर्शनगर रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले सहलेश विरूद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेको थियो । मच्छिन्द्रका विदेशी […]
चौथो पर्सागढी फूटबलः वनशक्ति युवा क्लब फाइनलमा

बलिराम शुक्ला, बिरूवागुठी, २२ फागुन/ पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारको आयोजनामा सञ्चालित चौथो पर्सागढी फूटबल नकआउट प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न सेमिफाइनल खेलमा वनशक्ति युवा क्लब, सिद्धपुर विजयी भएर फाइनलमा पुगेको छ । सडेनडेथमा जनकल्याण युवा क्लब बारालाई पराजित गर्दै वनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको हो । आजको प्रतिस्पर्धात्मक खेलमा दुवै टीमले निर्धारित समयमा एक/एक […]
उत्पीडित समुदायमाथि सरकारको दमन सह्य हुँदैन –अन्सारी

प्रस, वीरगंज, २२ फागुन/ मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले समर्थन जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै सो पार्टीका अध्यक्ष अन्सारीले यो आन्दोलन लिम्बूहरूको आन्दोलन मात्रै नभएको भन्दै उत्पीडित जनता, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, आर्थिक उत्पीडनमा परेका […]
आर्थिक विकास र राजनीतिक व्यवस्थाबीच सम्बन्ध

• विश्वराज अधिकारी कुनै पनि देशको आर्थिक विकासका लागि साम्यवादी राजनीतिक व्यवस्था उपयुक्त हुन्छ वा लोकतान्त्रिक राजनीतिक व्यवस्था ? अर्थात् कुनै पनि देशको आर्थिक विकासको लागि त्यस देशको प्रमुख प्रशासक (प्रधानमन्त्री वा राष्ट्रपति) तानाशाह हुनु उपयुक्त हो वा प्रजातान्त्रिक पक्षधर हुनु उपयुक्त हो ? यसैगरी राजनीति व्यवस्था र राष्ट्रको आर्थिक विकासबीच कुनै सम्बन्ध छ, वा […]