चिरञ्जीवी सापकोटा, ठोरी २० फागुन/
ठोरी गाउँपालिका–२ इच्छानगरमा मङ्गलवार राति करीब ८ बजेपछि भीषण आगलागी भएको छ । उत्तरतर्फबाट एक्कासि आगलागी भई आगो गाउँछेउमा आइपुग्दा गाउँले र प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएको स्थानीय अमृत राउतले जानकारी दिए ।
रातिको समयमा इच्छानगरका अर्जुनबहादुर राउत, भक्तबहादुर राउतलगायतका बारीमा आगलागी भएको दृश्य देखिएपछि स्थानीयवासी जम्मा भई आगो निभाउन लागेका र पछि प्रहरीलाई खबर गरी प्रहरीको सहायताले गाउँ जोगिएको स्थानीय शरण अधिकारीले बताए । आगो निभाउन केही समय ढिलो भएको भए गाउँ नै सखाप हुनेगरी आगोले भयावह रूप लिने राउतले बताए । आगो कसले लगायो भन्नेबारे निक्र्योल नभएको राउतले बताए ।