स्ववियु निर्वाचनको गरिमा

नेपालको विद्यार्थी आन्दोलन र लोकतान्त्रिक सङ्घर्ष एकअर्कासँग घनिष्ठरूपमा जोडिएको छ । हिजो मुलुकमा जब अधिनायकवाद, निरङ्कुशता हाबी हुँदै लोकतान्त्रिक प्रक्रियामाथि हस्तक्षेप भयो, तब विद्यार्थी आन्दोलन अग्रपङ्क्तिमा उभियो । यही आन्दोलनको एउटा सङ्गठित रूप स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन हो । जसले विश्वविद्यालय तथा क्याम्पस तहमा विद्यार्थीहरूको नेतृत्व चयन गर्नुका साथै मुलुकका भावी नेतृत्वलाई लोकतान्त्रिक मूल्य र प्रणाली सिकाउने कार्यसमेत गर्छ । पछिल्ला वर्षहरूमा स्ववियु निर्वाचनको महŒव घट्दै गएको छ । विद्यार्थी सङ्गठनहरू राजनीतिक दलका भ्रातृ सङ्गठनका रूपमा सीमित हुँदै गएका छन् । निर्वाचन प्रक्रिया स्वयम् विकृत बन्दै गएको छ, जसले गर्दा विद्यार्थी राजनीतिमा सिद्धान्तभन्दा शक्ति प्रदर्शन हाबी हुँदै गएको छ । स्ववियु निर्वाचनको इतिहास हेर्दा, यो सधैं प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनको एउटा बलियो जगको रूपमा खडा भएको देखिन्छ । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षदेखि बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका आन्दोलनमा स्ववियुको भूमिका उल्लेखनीय रह्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीहरूले सक्रियरूपमा भाग लिए ।

२०३६ सालको जनमत सङ्ग्र्रहका बेला बहुदलीय व्यवस्थाको पक्षमा विद्यार्थी सङ्गठनहरूले व्यापक अभियान चलाए । २०४६ सालको जनआन्दोलनमा समेत विद्यार्थी आन्दोलन निर्णायक शक्ति बन्यो । त्यसैगरी २०६२/६३ को आन्दोलनमा पनि विद्यार्थी सङ्गठनहरू अग्रस्थानको मोर्चामा थिए । विद्यार्थी सङ्गठनहरूको छाता सङ्गठन स्ववियु हो । यसरी स्ववियु निर्वाचनले लोकतन्त्रको लागि नेतृत्व उत्पादन गर्ने कारखानाको रूपमा काम ग¥यो । पछिल्ला समय यसको मूल भावना धमिलिंदै गएको छ । स्ववियु निर्वाचन अब विद्यार्थीहरूबीचमा मात्र सीमित छैन । ठूला–साना, नयाँ–पुराना राजनीतिक दलहरू स्ववियुमा आफ्नो प्रभाव जमाउनका लागि अनैतिक उपायहरू अपनाइरहेका छन् । धनबल र बाहुबल प्रयोग गरेर आफूनिकट उम्मेदवारलाई जिताउन खोज्ने प्रवृत्ति बढेको छ । स्ववियु निर्वाचनका बेला क्याम्पसहरू चुनावी रणभूमिमा परिणत हुने गरेका छन् । विभिन्न विद्यार्थी सङ्गठनहरूबीच झडप, तोडफोड, आगजनी र हिंसात्मक घटना सामान्य जस्तै बनेका छन् । यसले स्ववियुको ऐतिहासिक गरिमा खस्काउँदै छ ।

स्ववियु निर्वाचनको मुख्य उद्देश्य विद्यार्थीहरूको हकहित र अधिकार संरक्षण हो । आजका विद्यार्थी सङ्गठनहरू शैक्षिक सुधार, गुणस्तरीय शिक्षा, छात्रवृत्ति, यातायात सुविधा, आवास व्यवस्थापनजस्ता विषयहरूमा भन्दा राजनीतिक खिंचातानीमा बढी केन्द्रित छन् । मुलुक हाँक्ने सबल नेता उत्पादन गर्ने विद्यार्थी सङ्गठन र स्ववियुलाई दलका नेताहरूको पिछलग्गु बनाइरहेका छन् । क्याम्पस तह हुँदै भोलि मुलुकको नेतृत्व लिनुपर्ने विद्यार्थीहरू शिक्षा, क्षमता र नैतिकरूपमा बलियो हुनुपर्ने हो । हिजोका दिनमा त्यसै हुने गरेको पनि हो । आज अधिकांश अयोग्य, असभ्य र भड्काउ प्रवृत्तिकाहरू उम्मेदवार बन्ने गरेका पाइन्छन् । पुनस्र्थापित गर्ने हो भने राजनीतिक दलहरूले हस्तक्षेप नगरी विद्यार्थी सङ्गठनहरूलाई स्वतन्त्ररूपमा अघि बढ्न दिनुपर्छ । स्ववियु निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कडा निगरानी राखिनुपर्छ । क्याम्पस प्रशासन, शिक्षक सङ्घ, स्वतन्त्र आयोग तथा नागरिक समाजले निर्वाचन प्रक्रियालाई नियाल्नुपर्छ । विद्यार्थी नेताहरू सचेत, इमानदार, तथा शैक्षिक दृष्टिले योग्य हुनु जरुरी छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्