प्रस, वीरगंज, १९ फागुन/
मुस्लिम समुदायको रमजान पर्वको उपलक्ष्यमा मरियम लेदर इन्डस्ट्रिजले सोमवार वीरगंज महानगरपालिका–२ छपकैयामा दुर्ई सय बोरा चामल वितरण गरेको छ ।
सो उद्योगको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा राइजिङ नेपाल छपकैयाको पहलमा सो वडाका दुई सयजना मुस्लिम परिवारलाई चामल वितरण गरिएको सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराईले बताए ।
कार्यक्रममा राइजिङ नेपाल छपकैयाका अध्यक्ष अकदस मुस्तफा, मरियम लेदरका प्रबन्धक फारुख ज्याल कुरैशी, अभिलाष गुप्ता, ज्याहुल हक, प्रेमाकुमारी सिंह, मदन गुप्ता, अब्दुल हक, बृजभूषण पाण्डे, शिवशङ्कर पण्डित, सोलाजिम मियाँलगायतको सहभागिता थियो ।