दोस्रो वीरगंज गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

प्रस, वीरगंज, १९ फागुन/
दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न तेस्रो दिनको खेलमा बाग्मती फूटबल क्लब, सर्लाहीलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आदर्शनगर रङ्गशालामा जारी खेलमा नेपाल पुलिस क्लबले एकका विरुद्ध दुई गोलअन्तरले बाग्मती फूटबल क्लबलाई पराजित गरेको थियो ।

पुलिसका मनीष सेढाईंले खेल शुरू भएको १६औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि बाग्मतीले १० मिनेटको अन्तरालमा गोल गरी बराबरी गरेको थियो ।

मध्यान्तर अघिको खेल बराबरी भएको र मध्यान्तरपछिको ३२औं मिनेटमा पुलिसका उज्ज्वल राईले दोस्रो निर्णायक गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ पुलिस क्लबका कप्तान रामचन्द्र वाजी घोषित भए । उनलाई शिल्ड र नगद रु १० हजार प्रदान गरिएको थियो ।

भोलि मङ्गलवार मच्छिन्द्र फूटबल क्लब, काठमाडौं र एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक कमिटीका सदस्य सन्तोष खनालले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्