पर्सागढी नकआउट फूटबलः भोदाहा युनाइटेड विजयी

बलिराम शुक्ला, बिरुवागुठी, १९ फागुन/
पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारको आयोजनामा सञ्चालित चौथो पर्सागढी नकआउट फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको तेस्रो दिनको खेलमा भोदाहा युनाइटेड क्लब, बारा विजयी भएको छ ।

भोदाहा युनाइटेड क्लबले नव नेपाल युवा क्लब, रामवन, पर्सालाई टाइब्रेकरमा तीनका विरुद्ध चार गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । टाइबे्रकरमा भोदाहा युनाइटेड क्लबले पाँचमध्ये चार गोल गर्न सफल भयो भने नव नेपाल युवा क्लबले तीन गोल मात्र गर्न सक्यो ।

भोलि मङ्गलवार जनकल्याण युवा क्लब, बकुलिया, बारा र न्यू सनलाइट स्पोट्र्स क्लब, सुपौली, पर्साबीच हुने आयोजक क्लबका अध्यक्ष राम थापाले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्