|
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तत्कालीन अवस्थामा माओवादीले गरेको ‘जनयुद्ध’ हिंसा नै भएको टिप्पणी गरेका छन् । एक दशक लामो सशस्त्र सङ्घर्ष गरेर आएका तत्कालीन माओवादी फौजी कमान्डर बादलले सुदूरपश्चिमको अछाम पुगेर आफैंले लडेर आएको युद्धलाई हिंसात्मक नै भएको स्वीकार गरेपछि माओवादीको सशस्त्र सङ्घर्षको औचित्यमाथि नै प्रश्नचिह्न उठाएका छन् । बादलभन्दा अघि माओवादीका शीर्ष नेता र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जो कुनै बेला माओवादीको सशस्त्र सङ्घर्षका सिद्धान्तकार र प्रमुख योजनाकार र प्रवक्ता पनि थिए,ले माओवादी पार्टी परित्याग गरेको झन्डै एक दशक भइसकेको छ । यस अर्थमा डा बाबुराम भट्टराईले पनि माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षसित आप्mनो कुनै पनि किसिमको सम्बन्ध नरहेको सङ्केत दिन खोजेका छन् ।
जनयुद्धका बेला रामबहादुर थापा बादल तेस्रो वरीयताका नेता थिए । तर सैन्य कमान्डमा भने अध्यक्ष प्रचण्डपछि उनी नै थिए । बादलकै आदेशमा अनेकौं स्थानमा भएका आक्रमणमा परी सयौंजनाले ज्यान गुमाए, अहिले पनि कैयौं मानिस बेपत्ता छन् । मरेमा यो ज्यान, बाँचे संसार भन्दै उनले युद्धमा हौंस्याएर पठाएका लडाकूहरूमध्ये कति मरे र कति बेपत्ता छन् । माओवादीको सशस्त्र सङ्घर्षमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए भने देशको अर्बौं–खर्बौंको चल–अचल सम्पत्ति नष्ट भएको थियो । अब अहिले आएर माओवादी पृष्ठभूमिका नेताहरूले आप्mनो पुरानो पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गर्दैमा अथवा नयाँ दल खोल्दैमा तिनका पुराना कार्य अथवा कृत्यहरू जनताले बिर्सिदेला, त्यो सम्भव नै छैन । अपराधको सजाय त भोग्नैपर्छ । दल परित्याग गर्नु भनेको वाल्मीकि बन्नु त होइन, त्यो त वस्त्र परिवर्तन गरेको मात्र हो । नयाँ नेपाल बनाउने सपना बाँडेका नेता र तिनका सन्तान अथवा पारिवारिक सदस्यहरू भ्रष्टाचारमा संलग्न पाइनु, मानव तस्करीमा पक्राउ पर्नु, सुन तस्करीमा संलग्न पाइनु र आप्mना अपराध कर्म जोगाउन सत्ता चहार्नु अवसरवादिता हो ।
महात्मा गाँधी भन्ने गर्थे–आत्म अनुशासन र बलिदानविना राहत अथवा मुक्तिको कल्पना गर्न सकिन्न तर अनुशासनहीन बलिदानले पनि काम चल्दैन । भनाइको अर्थ तपाईंको बलिदान पनि देश र समाजको व्यापक हितमा हुनुपर्छ । बलिदानको हिसाबकिताब हुनुहुँदैन । यदि कोही कसैलाई मार्न जान्छ र त्यस क्रममा आप्mनो ज्यान गुमाउँछ भने त्यो बलिदान होइन । अहिंसात्मक आन्दोलनमार्फत हुने बलिदान बढी प्रभावकारी हुन्छ । नेपालमा न नेपाली काङ्ग्रेस, न नेकपा एमाले, न माओवादीले नै यस्तो आन्दोलन गरेका छन् । यहाँ आन्दोलनमा पनि सम्पत्ति लुट्नलाई एउटा ठूलो लक्ष्य राखिएको थियो ।
रामबहादुर थापा बादल सशस्त्र सङ्घर्षको बेला माओवादीभित्र महŒवपूर्ण नेताको रूपमा मानिन्थे । लामो समय अध्यक्ष प्रचण्डको नजीक भएर हेडक्वार्टरसँगै सशस्त्र सङ्घर्षमा जीवन बिताएका उनले अहिले आएर त्यसलाई युद्ध नभएर हिंसा भएको बताएका छन् । उनले सार्वजनिकरूपमैं यस्तो अभिव्यक्ति दिएपछि त अब हिंसा गर्नेलाई हत्याराको संज्ञा दिंदा अतिशयोक्ति नहोला ।
अब अहिले आएर उनले वर्ग सङ्घर्ष शान्तिपूर्ण तरीकाले पनि हुन्छ । त्यहाँ कुनै हिंसा हुँदैन । कसैलाई मार्ने भन्ने हुँदैन । वाक् युद्ध पनि हुन्छ । अरू शान्तिपूर्ण आन्दोलन पनि हुन्छ । विक्रम संवत् २०५२ सालमा नेकपा माओवादीले सशस्त्र सङ्घर्ष गर्दा नेकपा एमालेले त्यसलाई हिंसात्मक गतिविधि भनेको थियो । अहिले एमालेका उपाध्यक्ष रहेका बादलले पनि एमालेकै तीन दशक पुरानो ठहरलाई सत्यापित गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं देशका प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले पनि केही वर्ष झापाको आन्दोलनलाई गलत बताएका थिए । नेकपा माओवादी केन्द्र र एमालेका नेताहरूले आफ्नो आन्दोलन वा राजनीतिक निर्णयलाई गलत घोषित गरे पनि ज्यान गुमाएकाहरू पुनर्जीवित भएर आउने प्रश्न भएन । जनधनको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति पनि सम्भव छैन । नेपाली जनताले लहलहैमा लागेरकसैको पछाडि दगुर्नुको अर्थ छैन । नेपालका राजनीतिज्ञ र यहाँका राजनीतिक दलहरू सपनाको व्यापार गर्छन् । सपना बेच्छन्, नयाँ नयाँ सपना देखाएर देशका युवाहरू गरीब, मजदूर, महिला र छात्रहरूलाई आफूतिर आकर्षित गर्छन् । चुनाव जित्न थरीथरीका वाचा गर्छन्, आश्वासन दिन्छन् । तर सत्तामा पुगेपछि सिन्को पनि भाँच्न सक्दैनन् । नेपालका राजनीतिज्ञहरूको सोच सीमित छ । यिनीहरू पद, पैसा र सत्तामा लोभिएका छन् । देश विकास र जनताको जीवनस्तर सुधार यी नेताहरूको प्रमुख एजेन्डामा कहिलै रहेन । नेपालका राजनीतिक दलहरूसित कुनै भिजन नै छैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ नेपालको नारा दिएर चुनावमा आएका थिए । जनताले पत्यार गरेर उनलाई बहुमत पनि दिएको थियो । तर उनले आफ्नो घोषित लक्ष्यविपरीत सस्तो लोकप्रियता हासिल गर्न विवादास्पद मुद्दालाई उच्च प्राथमिकतामा राखेका थिए । कहिले पशुपतिनाथ मन्दिरको पुजारी फेर्ने प्रयास गरे त, कहिले सेनापतिलाई हटाउने प्रयास, कहिले जनकपुरधामस्थित जानकी मन्दिरमा विवाद सिर्जना गर्ने काम गरे । सत्ता उन्मादले यसका नेता एवं कार्यकर्ताहरू मातिएका थिए । आफू सशस्त्र सङ्घर्षबाट आएको अहङ्कार त थियो नै ।
एउटा सफल, विश्वसनीय र जिम्मेवार नेता त्यसैलाई मानिन्छ, जो आफ्नो सिद्धान्तप्रति अडिग रहन्छ । आफूले नेतृत्व गरेको आन्दोलन (सशस्त्र अथवा अहिंसक)को सफलता र असफलताको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिन्छ । अहिले जसरी माओवादी पृष्ठभूमिका नेताहरूको पलायन जारी छ र आफैंले गरेको सशस्त्र आन्दोलनको अवमूल्यन गर्न थालेका छन् । त्यसले आगामी दिनमा स्वयम् उनीहरूलाई नै समस्यामा पार्नेछ । माओवादीका सशस्त्र सङ्घर्ष गरेका नेताहरू एकपछि अर्को गरी नयाँनयाँ दलमा प्रवेश गर्दैछन् । चिराचिरामा विभक्त कतिपय पूर्वमाओवादीहरू त अहिले पनि ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ मनोरोगबाट आफूहरूलाई टाढा राख्न सकेका छैनन् ।
नेपाली जनता स्वयम् पनि आफ्नो गरीबी, महँगी र बेरोजगारीका निम्ति जिम्मेवार छन् । माओवादीको सशस्त्र सङ्घर्षमा लाग्नु अघि नेता र पार्टीको चरित्रबारेमा विचार गर्नुपथ्र्यो । नेपाली काङ्ग्रेसको मुक्ति आन्दोलन र एमालेको झापा काण्डले के पनि साबित गरिदिएको छ भने नेपालमा राजनीतिक परिवर्तन हतियारबाट सम्भव छैन । मूलतः नेपालीहरू शान्तिपूर्ण नै हुन्छन् तर यिनलाई गलत मार्गमा डो¥याउने अवसरवादी नेतृत्वहरू धेरै छन् । माओवादीका शीर्ष नेतृत्वपङ्क्तिबाट नै यस दूषित जनयुद्धलाई हिंसाको संज्ञा दिने तथा अपराधजन्य कृत्यको रूपमा परिभाषित भइरहँदा यसको १० वर्षे इतिहास नै एउटा भ्रम, धोका र छल रहेको मान्नुपर्ने हुन्छ । नेकपा माओवादीसित कुनै प्रस्ट आर्थिक, सामाजिक र राजनीतिक भिजन थिएन ।
माक्र्स, लेनिन र माओको किताब पढेर नेपालमा पनि हिंसा र आतङ्कको साम्राज्य कायम गर्न खोजेको थियो । त्यसैको आडमा केही दिन शासनसत्ता पनि चलायो तर सरकारमा गएपछि एउटा सिन्को पनि भाँच्न सकेन । कहिले काङ्ग्रेस त, कहिले एमाले, कहिले मधेसवादी त, कहिले सबै दलसित मिलेर सरकार बनाउने काम त यसले ग¥यो तर जनताको मन–मस्तिष्कलाई जित्न सकेन । विसं २०६४ सालको संविधानसभाको निर्वाचनमा जनताले अप्रत्याशित समर्थन दिए पनि यसले जनादेशको सम्मान गर्न सकेन । २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा यसको जनसमर्थनमा ठूलो ¥हास आयो । विसं २०७४ र २०७९ सालमा भएका आमनिर्वाचनमा आफ्नो क्षमतामा एक्लै लड्न सक्ने अवस्था रहेन । नेपाली काङ्ग्रेस र एमालेको बैसाखीविना आधा दर्जन सिट पनि माओवादी केन्द्रले प्रत्यक्षमा जित्न सक्दैन । अब त माओवादी नेताहरूले नेपाली जनतासित माफी माग्नुपर्छ । कथित जनयुद्धलाई आफ्नो भूल नै मान्नुपर्छ ।