दुव्र्यसनको समस्या जटिल बन्दै

हाम्रो समाज तथा मुलुकमा लागू पदार्थ दुव्र्यसनको समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ । विद्यार्थी जागरण मञ्च (विजाम)ले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालभरि एक लाख ४० हजार ४२४ जना लागू पदार्थ दुव्र्यसनको चपेटामा छन्, यो सङ्ख्या वार्षिक ६.५ प्रतिशतले वृद्धि भइरहेको छ । मधेस प्रदेशमा मात्र १५ हजार ६१४ जना दुव्र्यसनमा फसेका छन् । अधिकांश सुई प्रयोगकर्ता रहेको तथ्यले स्थितिको गम्भीरता दर्शाउँछ । हरेक वर्ष मुलुकको जनसङ्ख्या वृद्धि हुँदै गर्दा दुव्र्यसनीको सङ्ख्या वृद्धि भएको देखिनु स्वाभाविक हो भन्ने लाग्न सक्छ । वास्तविकता त्यस्तो होइन । नेपालको जनसङ्ख्या वृद्धिदर करीब ०.९३ प्रतिशत छ, जुन लागू पदार्थ दुव्र्यसन वृद्धिदरको तुलनामा निकै कम हो । जनसङ्ख्या वृद्धिको अनुपातमा दुव्र्यसनको वृद्धि सात गुणा बढी छ । यसको अर्थ लागू पदार्थ दुव्र्यसन नियन्त्रणका लागि हाल गरिएका प्रयासहरू अपर्याप्त छन् र समस्या दिन प्रतिदिन भयावह बन्दै गएको छ ।

अध्ययनहरूका अनुसार नेपालमा लागू पदार्थ दुव्र्यसनमा फस्नेहरूको ठूलो हिस्सा १५ देखि ३० वर्ष उमेर समूहका छन् । यसमा पनि किशोरावस्था (१५–१९ वर्ष) र युवावस्था (२०–३० वर्ष) उमेर समूहका सबैभन्दा बढी छन् । विभिन्न सामाजिक, मानसिक, पारिवारिक र आर्थिक कारणहरूले गर्दा युवाहरू यो दलदलमा फसिरहेका छन् । हाम्रो मुलुकमा युवाका लागि रोजगारको अवसर न्यून छ । बेरोजगार तथा आर्थिक तनावका कारण धेरै युवा लागू पदार्थको सेवनमा आकर्षित हुन्छन् । सामाजिक तथा पारिवारिक विखण्डन अर्को कारण हो । संयुक्त परिवार प्रणाली टुट्दै जाँदा अभिभावकीय निगरानी कमजोर भएको छ । पारिवारिक कलह, अलगाव वा लालनपालनमा कमी आउँदा किशोर तथा युवावर्ग लागू पदार्थको प्रभावमा पर्ने सम्भावना बढ्दो छ । हाम्रो समाजमा लागू पदार्थको उपलब्धता सहज हुँदै गएको छ । दुव्र्यसनी वृद्धि हुनुको कारणमध्ये यो पनि एक हो । भारतसँगको खुला सीमाका कारण मधेस प्रदेशलगायत अन्य शहरमा लागू पदार्थ सहजरूपमा भित्रिन्छ । किशोर र युवावस्थामा साथीभाइबाट प्रभावित हुने सम्भावना धेरै हुन्छ । समूहमा आफूलाई स्थापित गर्न लागू पदार्थको सेवन गर्ने प्रवृत्ति देखिएका छन् । त्यसैगरी, तनाव, डिप्रेशन, आत्मग्लानि, पढाइको चाप आदिका कारण युवाहरू लागू पदार्थको सहारामा पुग्ने गरेका छन् ।

नेपाल सरकारले लागू पदार्थ नियन्त्रणका लागि विभिन्न नीति तथा कार्यक्रमहरू ल्याएको छ । सामाजिक सङ्घ/संस्थाहरूले पनि चेतनामूलक कार्यक्रम, परामर्श सेवा तथा उपचार सुविधा उपलब्ध गराइरहेका छन् । तर यी प्रयासहरू आशातीत सफल भएको पाइँदैन । कारणहरू छन्, नेपालमा नीति बनाइन्छ, तर तिनको कार्यान्वयन प्रभावकारी हुँदैन । लागू पदार्थ नियन्त्रण ऐन र सुरक्षा निकायको कार्यक्षमता अझै कमजोर छ । भारतसँगको खुला सिमानाका कारण लागू पदार्थ ओसारपोसार नियन्त्रण गर्न यसै पनि गा¥हो छ । विद्यालय तथा विश्वविद्यालय स्तरमा लागू पदार्थको जोखिमबारे शिक्षालाई अनिवार्य बनाइएको छैन । लागू पदार्थ उपचार तथा पुनस्र्थापनाका लागि स्रोत र सुविधा पर्याप्त छैन । दुव्र्यसन नियन्त्रण असम्भव भने होइन । यसका सफल उदाहरण चीन, सिङ्गापुर, थाइल्यान्डलगायतका मुलुक हुन् । तर उनीहरू सबैले अपनाएका उपाय एउटै भने होइनन् । आफ्नो मुलुक, सामाजिक परिवेश, रीतिथिति, परम्परा, संस्कृति, नागरिक चेतनालाई समेत ध्यानमा राखेर कार्यक्रम बनाउने हो भने लागू पदार्थ दुव्र्यसन नियन्त्रण हुन सक्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्