वार्षिक ६.५ प्रतिशतले दुव्र्यसनी बढ्दै

प्रस, वीरगंज, १८ फागुन/
विद्यार्थी जागरण मञ्च (विजाम) पर्साले ३०औं वार्षिकोत्सव आइतवार जिल्ला समन्वय समिति पर्साको सभाहलमा मनाएको छ ।

विजामका अध्यक्ष महेश अर्यालले वार्षिकोत्सवको उद्घाटन गर्दै नेपालभरि एक लाख ४० हजार ४२४ जनाले लागूपदार्थको सेवन गरिरहेको र यो सङ्ख्या वार्षिक ६.५ प्रतिशतले वृद्धि भइरहेको बताए । उनले मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख २६ हजार २८८ मध्ये १५ हजार ६१४ जना पुरुष, महिला दुव्र्यसनी रहेको बताए । उनले मधेस प्रदेशमा सबैभन्दा बढी सुई प्रयोग गर्ने दुव्र्यसनी रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, बद्री अधिकारी, गैसस महासङ्घ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव विजय महतो, वडाध्यक्ष्F हीरा गिरी, ज्ञानदा माविका सिइओ राजेन्द्र कोइरालालगायतका वक्ताहरूले वीरगंजलगायत आसपासका जिल्लामा विजामले लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा सराहनीय कार्य गर्दै आएको बताए ।

उनीहरूले लागूऔषधको कुलतमा फसेका युवाहरूलाई उपचार, रोजगार र आवासको व्यवस्थापनमा विजामले काम गर्दैै आएको बताए । उनीहरूले सरकारले यो क्षेत्रमा आशाप्रद काम गर्न नसकेको टिप्पणी गरे ।

उनीहरूले लागूऔषधको कुलतमा परेका युवाहरूलाई जेल हाल्ने प्रवृत्तिमा नियन्त्रण गर्दै लागूऔषध गाँजा खेती हुने मकवानपुर र धादिङमा यसको खेती नियन्त्रणका लागि काम गर्न सुझाए ।

यसैगरी, छिमेकी भारतको रक्सौललगायतका क्षेत्रमा खुलेआम बिक्री हुने लागूऔषध नियन्त्रणका लागि छिमेकी देशका प्रशासनसँग सहकार्य गर्न सुझाएका थिए ।

लागूऔषधको सहजता हटेको खण्डमा युवाहरू यो कुलतमा नलाग्ने उनीहरूको भनाइ थियो । कार्यक्रमको सहजीकरण सचिव अमर गौतमले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्