बर्डफ्लु नियन्त्रण गर्ने निर्णय, बजार अनुगमन टोली गठन

प्रस, वीरगंज, १८ फागुन/
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतवार सम्पन्न बैठकले भारतमा बर्डफ्लु देखिएको कारण पर्सा जिल्लाका सीमामा कडाइ गर्ने निर्णय गरेको छ ।

बैठकले सीमामा भारतबाट अवैधरूपमा पैठारी हुने कुखुरा, चल्ला र अन्डालाई नियन्त्रण गर्ने र यसका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र वीरगंजका डा राजकुमार साहको संयोजकत्वमा बजार अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ । साहको संयोजकत्वमा गठित बजार अनुगमन टोलीमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, वीउवासङ्घ, नेपाल लेयर्स कुखुरा पालक सङ्घका प्रतिनिधिहरू छन् । टोलीले भोलि सोमवारदेखि वीरगंज महानगरलगायत पर्सा जिल्लाका पालिकाहरूको अनुगमन गर्ने र अवैधरूपमा पैठारी भएका कुखुरा, चल्ला र अन्डा नियन्त्रण गर्ने तथा यो कसूर गर्नेहरूलाई कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्