अलौंका स्थानीयद्वारा सीमामा प्रदर्शन

प्रस, परवानीपुर, १८ फागुन/
वीरगंज महानगर–१७ अलौं सिवानटोलस्थित सीमा क्षेत्रमा आइतवार स्थानीयले प्रदर्शन गरेका छन् । विवाहको लगनको समयमा घरायसी प्रयोजनका सामग्री सीमा नाकामा सुरक्षाकर्मीले रोक लगाएको भन्दै आज दुईवटा वडाका वासिन्दाले प्रदर्शन गरेका छन् । वडा नं १७ र २५ का वासिन्दाले वैवाहिक तथा घरायसी प्रयोजनमा सुरक्षाकर्मीहरूले यस अघि रोक नलगाएको तर अहिले केही पत्रकारहरूका कारण रोक लगाएको आरोप लगाए ।

उनीहरूले केही पत्रकारहरूले घरायसी प्रयोजनका लागि सीमाबाट ल्याइने सामानलाई तस्करीको दर्जा दिएर सुरक्षाकर्मीविरुद्ध समाचार प्रकाशन गर्ने, फोनबाट सुरक्षाकर्मीहरूलाई सूचना दिएर रोक्न लगाउने जस्ता कार्यले अहिले आफूहरूलाई समस्या भएको बताए ।

सिवानटोलका राजु पटेलले घरायसी प्रयोजनका लागि चामल, प्याजलगायतका सामानहरू लिएर आउँदा फोटो खिचेर प्रहरीलाई पठाउने र प्रहरीले सामान ल्याउन नदिएर कडाइ गरेको गुनासो गरे । उनले पत्रकारहरूले वास्तविकरूपमा तस्करी नियन्त्रणका समाचार प्रकाशन गर्नुपर्ने तर घरायसी प्रयोजनका सFमानलाई तस्करीको दर्जा दिंदा आफूहरूलाई समस्या भएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्