प्रस, वीरगंज, १८ फागुन/
जनमत पार्टी पर्साको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका–६ स्थित माधोपुर स्कूलमा आइतवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनमत पार्टी पर्सा क्षेत्र नं ४ का क्षेत्रीय संयोजक बृजेश्वरप्रसाद चौधरीको नेतृत्वमा सम्पन्न शिविरमा विनय यादव, हीरालाल राम, दशरथ साह, शिवलाल राम, सुखराम रामलगायतले सहयोग पु¥याएको कार्यक्रम संयोजक राजेश चौधरीले बताए । आजको शिविरमा ११९ जनाको आँखा चेकजाँच गरिएकामा ३७ जनामा मोतीबिन्दु फेला परेको थियो । मोतीबिन्दु भएका बिरामीहरूको यही फागुन २० गते मङ्गलवार वीरगंज सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने संयोजक चौधरीले बताए ।