बलिराम शुक्ला, बिरुवागुठी, १८ फागुन/
पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारद्वारा जारी चौथो नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा वनशक्तिमाई युवा क्लब सिद्धपुर विजयी भएको छ ।
वनशक्ति युवा क्लब सिद्धपुरले नवजनजागृति युवा क्लब सिमरा, बारालाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टीमले एक/एक गोलको बराबरी खेलेका थिए । टाइबे्रकरमा सिद्धपुरले सिमरालाई दुईका विरुद्ध चार गोलअन्तरले जीत निकालेको थियो । भोलि सोमवार भोदाहा युनाइटेड क्लब बारा र नव नेपाल युवा क्लब रामवन पर्साबीच हुने आयोजक क्लबका सचिव हरि थापाले बताए ।