वीरगंजमा लायन्स डिजिटल कार्ड जारी

प्रस, वीरगंज, १८ फागुन/
लायन्स इन्टनेशनल–३२५ एस एरिया–३ ले लायन्स डिजिटल प्रिभियस कार्ड जारी गरेको छ ।

एरिया–३ का डिस्ट्रिक चिफ उमेश शर्माले हिजो शनिवार कार्डको शुभारम्भ गरे ।

उनले यो कार्डबाट तत्काल वीरगंजमा १८ वटा संस्थाबाट सहुलियत दरमा सेवा लिन सकिने बताए । अस्पताल, होटल, बैंक र हवाई सेवाहरूमा सहुलियत पाउने गरी कार्डको व्यवस्थापन गरिएको बताए । यो कार्ड हेटौंडा र काठमाडौं लायन्सले पनि सञ्चालनमा ल्याएको उनले बताए ।

कार्यक्रममा लायन्सका डिएन अग्रवाल, रमेश अग्रवाल, डा आरपी खेतान, शम्भु नकर्मी, राजकुमार सिन्धी, प्रजिअ गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्रलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्