एनप्याब्सनको अध्यक्षमा पुनः राणा सर्वसम्मत

प्रस, वीरगंज, १७ फागुन/
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) नेपालको शनिवार बिहान सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले ५५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

यही फागुन १५ गतेदेखि शुरू भएको महाधिवेशनमा आज बिहान ३ बजे सर्वसम्मतले अध्यक्ष गीता क्षत्री राणा पुनः अध्यक्षमा निर्वाचित भएकी छन् । सर्वसम्मतबाटै वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बजेन्द्र मिश्र, सुबोध डाँगी, कमलबहादुर सिंह, उपाध्यक्ष तिलकबहादुर चौहान, कुमारबहादुर भट्टराई, डम्बरबहादुर कार्की, कुसुम रानाभाट, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, डा नन्दन यादव, महासचिव प्रतापबहादुर थापा र कोषाध्यक्षमा कुबेर बस्नेत निर्वाचित भएका छन् । यसैगरी, उपमहासचिव कृष्णप्रसाद पौडेल, वामदेव न्यौपाने, सहकोषाध्यक्ष महेन्द्र पुन, शिवदत्त तिवारी, सचिव अलिमहमद अन्सारी र सदस्यमा राजु रोकाया, राजु पाण्डे, विक्रम ढुकुछु, प्रकाश गौरे, इन्द्रदेव साह, सन्तबहादुर तामाङ, चूडामणि बुढाथोकी, श्यामबहादुर कुँवर, तेन्जी भोटियालगायत सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्ष डा यादवले ५२ सदस्य सर्वसम्मत निर्वाचित भएका र तीनजना सदस्यलाई मनोनीत गरी कुल ५५ सदस्यीय कार्यसमिति बनेको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्