बाराको बङ्गरी नदीको पक्की पुलको उद्घाटन

प्रस, वीरगंज, १७ फागुन/
नेपाल–भारत विकास सहयोग अन्तर्गत सामुदायिक विकास परियोजना अन्तर्गत सार्वजनिक पूर्वाधार क्षेत्र विकासतर्फ निर्माणसम्पन्न पुलको भारतको महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मीणा र सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनीयर शुभराज न्यौपानेले शनिवार संयुक्तरूपमा उद्घाटन गरेपछि पुल आजदेखि सञ्चालनमा आएको छ ।

भारत सरकारको एक करोड ९६ लाख रुपैयाँको लागतमा निर्मित सो पक्की पुलबाट बाराको भलुही–भरवलिया, फेटा र वीरगंज महानगरपालिकाका जनतालाई आवागमनमा सहज हुने महावाणिज्यदूत मीणाले बताए । उनले वीरगंजस्थित महावाणिज्य दूतावासको क्षेत्राधिकार अन्तर्गत ७४ वटा कार्यक्रम भारत सरकारले स्वीकृत गरेकामा तीमध्ये हालसम्म ५६ वटा पूरा भइसकेको
बताए ।

महावाणिज्यदूत मीणाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकोले पनि भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताए । उनले परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा इन्जिनीयर न्यौपानेले पुल बनेपछि यहाँको जनताको जनजीवनमा सहजता आउने विश्वास व्यक्त गरे । उनले पुल नहुँदा र अहिले बनेपछि यस क्षेत्रको जनताको आर्थिक र सामाजिकसहित अन्य गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्