प्रस, वीरगंज, १७ फागुन/
गौतम माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गरेका थिए । उनले गौतम माविले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले गौतम माविले शिक्षा क्षेत्रमा वर्षौंदेखि योगदान पु¥याउँदै आएको बताए । उनले सो माविका विद्यार्थीहरू सिर्जनशील, आत्मविश्वासी रहेको आफूले पाएको बताए । विद्यालयकी सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाले विद्यालयको अहिलेसम्मको यात्रा र उपलब्धिहरूका बारे प्रकाश पारेकी थिइन् । उनले ४८ वर्षको अवधिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहयोगले गौतम माविले अहिलेसम्मको यात्रा तय गर्न सकेको बताइन् ।
कार्यकारी निर्देशक सोनम लामाले आगामी दिनमा नवनीतम शैक्षिक योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एलकेजीदेखि कक्षा १ सम्मका साना विद्यार्थीहरूले सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ, सामाजिक अभियन्ता प्रकाश थारू, मनीष सिंह, कन्या माविकी प्रधानाध्यापिका सुनीता साह, मानवसेवा आश्रमका देवेश मानवसेवा, डा अशोक दास, डा उदयनारायण सिंहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक सौरज प्रधानले गरेका थिए ।