नारायणीका बिरामीलाई निजीमा पठाइँदै

प्रस, वीरगंज, १६ फागुन/
नारायणी अस्पतालमा बिरामीलाई निजी अस्पतालमा पु¥याएर एकथरीले कमाउने धन्दा शुरू गरेका छन् ।

अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र सघन उपचार कक्षमा उपचारका लागि आउने बिरामीहरूलाई निजी अस्पतालमा पठाएर एकथरीले कमाउने धन्दा चलाएको अस्पताल स्रोतले जनाएको छ ।

नारायणी अस्पताल २५० शøयाको हो र अहिले बिरामीको चाप बढ्दा ३०० शøयामा सञ्चालन हुँदै आएको तर बिरामीको चाप कम नभएको कारण त्यहाँ उपचारका लागि आउने बिरामीहरूलाई अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले नै निजी अस्पतालमा पठाउने काम गर्दै आएका छन् । यो अस्पतालमा सेवा लिन आउने बिरामीमध्ये आकस्मिक (इमर्जेन्सी) कक्ष, बहिरङ्ग (ओपिडी) विभाग र सघन उपचार कक्ष (आइसियू)का बिरामीहरूलाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले निजी अस्पतालमा पठाउने र बिरामी पठाएबापत त्यहाँबाट कमिशन बुझ्ने गरेका छन् ।

यो अस्पतालबाट अहिले निजी अस्पतालमा बिरामी पठाउने काममा बिचौलियाहरूलाई सक्रिय पारिएको छ । अस्पतालमा आउने बिरामीहरूलाई यहाँ राम्रो उपचार हुँदैन भनेर अन्यत्र निजी अस्पतालमा पठाउने काम पछिल्लो समयमा बढेको छ । यस प्रकारका थुप्रै गुनासाहरू अहिले आइरहेका छन् ।

स्रोतले जनाए अनुसार आकस्मिक कक्ष, आइसियूमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सफाइकर्मी कर्मचारीहरू निजी अस्पतालमा काम गर्ने हुँदा उनीहरूले कमिशनका लागि बिरामीहरूलाई अस्पतालको सेवाबारेमा अनर्गल कुरा गरेर निजी अस्पतालमा पठाउने गरेका छन् ।

बहिरङ्ग सेवामा कार्यरत चिकित्सकहरूमध्ये अधिकांशको आफ्नो निजी अस्पताल सञ्चालनमा रहेको तथा केही निजी अस्पतालमा कार्यरत रहेकाले सीधैं क्लिनिक, नर्सिङ होम र अस्पतालमा जाँच गराउन आउन जोड गर्ने गरेका छन् । बहिरङ्ग विभागमा नारायणी अस्पतालमा दैनिक १५ सय बढी बिरामी आउने गर्छन् । बिरामीको चाप अत्यधिक हुने यो विभागबाट खर्च गर्न सक्ने सामथ्र्यवान् बिरामीहरूलाई विभिन्न डर, त्रास देखाएर सेवा कमजोर भएको भन्दै निजी अस्पतालमा लग्ने प्रवृत्ति अहिले बढेको छ ।

अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले अस्पतालमा आउने सबै बिरामीलाई सेवा दिन नसकिएको स्वीकार्छन् । आकस्मिक कक्ष २५ शøया, सघन उपचार कक्ष १७ शøयाको छ र अस्पतालको कुल शøया अहिले ३०० रहेकामा सोभन्दा बढी बिराम आउने गरेकाले उनीहरू अस्पतालमा सेवा नपाएर बाहिर सेवा लिन गएको हुन सक्ने बताउँछन् ।

उनले बिरामीहरूलाई अस्पतालमा सेवा सम्भव भएसम्म प्रदान गरिंदै आएको र केही सेवाग्राही सेवा पाउन नसकेर बाहिर निजी अस्पतालमा गएको हुन सक्ने बताए । उनले अस्पतालको शøया विस्तार नभएकोले यसखाले आरोप लाग्ने गरेको बताए ।

डायलाइसिसमा समस्या
नारायणी अस्पतालको डायलाइसिस विभागमा चरम लापरवाही हुने गरेको बिरामीहरूले गुनासा गरेका छन् । अस्पतालमा अहिले मिर्गौलारोगका चिकित्सक छैनन् । १५ वटा डायलाइसिस मेशीनबाट अहिले नियमित ६२ जनाले उपचार सेवा लिइरहेका छन् । तर उनीहरूलाई डायलाइसिस सेवा दिने नर्सहरूको लापरवाही बढेको बिरामीहरूले गुनासा गरेका छन् ।

एकाधबाहेक अधिकांश नर्सले डायइलासिस गर्न आउने बिरामीहरूसँग राम्ररी नबोल्ने, उपचार विधि चलाएर मोबाइलमा व्यस्त हुने, बिरामीहरूको कुरा नसुन्ने र गुनासो गर्दा बाहिर गएर उपचार गर्न भन्ने गरेको बिरामीहरूले गुनासा गरेका छन् । सेवाग्राहीहरूले अस्पताल प्रशासनलाई यसबारेमा जानकारी गराउँदा मौखिक गुनासो नसुनेको आरोप लगाए ।

यसबारेमा सूचना अधिकारी डा सिंहले लिखित गुनासो नआएको र त्यस्तो आएको खण्डमा सम्बन्धित कर्मचारीलाई कारबाही हुने बताए ।
सिटी स्क्यान बन्द, भिडिओ एक्सरे सञ्चालन अस्पतालको सिटी स्क्यान र भिडिओ एक्सरे सेवा बन्द छ । सिटी स्क्यानको ट्युब बिग्रिएकोले दुई महीनादेखि बन्द छ भने भिडिओ एक्सरे सेवा सञ्चालन गर्ने चिकित्सक बिरामी परेकाले सेवा बन्द थियो ।

सूचना अधिकारी डा सिंहले भिडिओ एक्सरे चिकित्सक स्वस्थ भएसँगै एक सातापछि सञ्चालनमा आएको बताए । उनले सिटी स्क्यानका लागि पत्राचार गरिएको र सामान आपूर्ति भएपछि सञ्चालनमा आउने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्