प्रस, निजगढ, १५ फागुन/
जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीबाट २३ थान सालका गोलिया काठ बरामद भएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ । टाँगियाबस्तीको वीरमान चोकस्थित मिलन तामाड्ढो घरपछाडि सालका चिरान काठ रहेको सूचनाको आधारमा गत मङ्गलवार छापामारी गर्दा एक थान साइकलसहित ११५.१२ क्युफिट बराबर सालका गोलिया बरामद भएको थियो । उक्त गोलिायाको बजार मूल्य चार लाखभन्दा बढीको रहेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।
छापामारी गर्दा मकैबारीमा गोलिया चिरान गर्ने स्थान र गोलिया चिरान गर्दा निस्कने भुससहितको स्थानसमेत फेला परेको डिवका, बाराका प्रमुख राजीवकुमार झाले बताए । छापामारीमा तामागढी सबडिभिजन वन कार्यालय निजगढका रेन्जर राजकिशोरप्रसाद उपाध्याय, सशस्त्र वनरक्षक जमदार सोनालालप्रसाद कुर्मीलगायत वन कर्मचारीहरू संलग्न थिए । गोलिया रहेको घरधनी तामाङ अहिलेसम्म सम्पर्कविहीन छन् ।