चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुने

प्रस, वीरगंज, १५ फागुन/
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल शुरू हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल पाँच दिनसम्म सञ्चालन हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

महोत्सवमा जापान, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश, हड्ढङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपालसहित १३ देशका विभिन्न शहरका दुई सय बढी रङ्गकर्मी तथा कलाकारहरूको सहभागिता रहने बताइएको छ । ‘शान्तिको लागि थिएटर, संस्कृतिको आदानप्रदान र दिगो भविष्य संरक्षण’ नारा रहेको महोत्सवमा विभिन्न शहरका दुई दर्जनभन्दा बढी नाटकहरू प्रदर्शन हुनेछन् ।

नाटक तथा कला प्रदर्शनीसँगै दैनिक तीनवटा गरी १३ वटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरकफरक देशका रङ्गकर्मीहरूले गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पहिलो दिन बङ्गलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी ली, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हड्ढड्ढा कलाकार समूहद्वारा कार्यशालाहरू सञ्चालन गरिने तालिका छ । तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताइवानी थिएटरहरू असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेशनल थिएटर समूह (पेटा)को कार्यशाला रहनेछ ।

अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समूह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समूहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् ।

हड्ढड्ढा मोक च्यू अगस्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानव अधिकार, समानताका लागि समर्पित रङ्गकर्मीहरूको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउँदै आएका रङ्गकर्मीको समूह र नेपालजस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको पत्रकार सम्मेलनमा महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए ।

महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई देशभित्र रहेका मानिसहरूको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्लले बताए । उनले आफू पनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्रप्राप्तिको लागि सङ्घर्ष गरिरहेको विगत सुनाउँदै महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रूपमा ठानेको बताए ।

महोत्सवलाई जनमानसमा पु¥याउन मार्च ७–९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमणसमेत हुनेछ । महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको अ लिटल बर्ड इन द केज, बेलायतको इन्डी लीको नाटक इट वन्ट बि लङ नाउ, जापानी निर्देशक नात्सुको किरितानीको द ट्रान्स बोर्डर, नेपालबाट नाटककार अशेष मल्लको फेरि अर्को कुरुक्षेत्र, राज शाहको मनोक्रान्ति लगायतका नाटकहरू मञ्चन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्