प्रस, वीरगंज, १५ फागुन/
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालकोे आठौं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि वीरगंजमा शुरू भएको छ । वीरगंजको नगर सभागृहमा दुई दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटनसत्र सम्पन्न भएको छ । कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतका १५०० मध्ये करीब ८५० प्रतिनिधिको सहभागिता रहेको छ ।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रिजालले देशमा गुणस्तर शिक्षाको लागि नेशनल प्याब्सनले महŒवपूर्ण योगदान गरेको बताए । उनले निजी विद्यालयका कारण देशको शैक्षिक गतिविधिमा निकै सुधार भएको दाबी गरे । उनले गुणात्मक शिक्षामा विशेष जोड दिंदै आगामी दिनमा शिक्षासँगै अन्य क्रियाकलापहरूमा समेत विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा मधेश प्रदेशका कृषि तथा सहकारूी मन्त्री जनार्दश सिंह क्षेत्री, , नेशनल प्याब्सनका केन्›िय उपाध्यक्ष सुवोध कुमारू डांगी, नेपाल पत्रकारू महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, जगरूनाथपुरू गाFउपालिका अध्यक्ष श्रीकान्त यादव, लगायतको सहभागिता रूहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य नेशलन प्याब्सनका मधेश प्रदेश अध्यक्ष नन्दन यादवले गरूेका थिए ।