पर्सा र बारामा निश्शुल्क आँखा शिविर

प्रस, वीरगंज, १५ फागुन/
सखुवाप्रसौनी गाउँपालिका–५ महुवन स्वास्थ्य चौकीमा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा २०६ जनाले आँखा परीक्षण गराएका र ६१ जनामा मोतीबिन्दु देखा परेको थियो । मोतीबिन्दु देखिएका बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि आवश्यक परामर्श प्रदान गरिएको र निश्शुल्क औषधि वितरण गरिएको किरण आँखा अस्पताल, वीरगंजले जनाएको छ ।

शिविरमा वडाध्यक्ष अशेश्वरप्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख राजेशप्रसाद रौनियार, महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरी, स्थानीय चन्दन सहनी निषाद, जदुसाह तेलीलगायतको उपस्थिति थियो ।

यसैगरी, आजै किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा बारा जिल्ला कलैया उपमहानगरपालिका–७ रङ्गपुुर स्वास्थ्य चौकीमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ११५ जनाको आँखा परीक्षण भएको र ३० जनामा मोतीबिन्दु देखा परेको थियो । शिविरमा किरण आँखा अस्पतालका प्राविधिक पुष्पा, आरती गुप्ता, मुकेश कुमारलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्