प्रस, वीरगंज, १५ फागुन/
नेशनल मेडिकल कलेजले बिहीवार सप्ताहव्यापी खेलकूद कार्यक्रम सम्पन्न गरेको छ । कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा फूटबल, भलिबल, क्रिकेट, टेबुलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल खेलहरू समावेश गरिएको थियो । प्रतियोगितामा मेडिकल कलेजका एमबिबिएस, बिडिएस, बिएमएलटी, बिएमआइटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरू सहभागी थिए ।
कलेजका अध्यक्ष प्राडा जैनुद्दीन अन्सारीले सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए ।
कार्यक्रम कलेजका प्रिन्सिपल डा केएन सिंहको अध्यक्षतामा भएको र प्रबन्ध निर्देशक शाहनबाज अन्सारी, एकेडेमिक निर्देशक डा नुसरत जहाँ अन्सारी, एडमिशन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, निर्देशक डा इसरत जहाँ अन्सारी, डा रुबी अस्मिन, एजुकेशन डाइरेक्टर प्राडा एके कौशी, डेन्टलका भ्वाइस प्रिन्सिपल प्राडा सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गङ्गा गुरुङ, भ्वाइस प्रिन्सिपल प्राडा बबिता सिंहलगायतको सहभागिता थियो ।