पोखरियामा मालपोत र नापी कार्यालय स्थापना, जनताको समय र पैसाको बचत –मन्त्री अधिकारी

प्रस, पोखरिया, १५ फागुन/ पोखरिया नगरपालिकामा बिहीवारदेखि भूमिसुधार तथा मालपोत र मेन्टेनेन्स नापी कार्यालयका सेवा केन्द्र सञ्चालनमा आएका छन् । पोखरिया नगरपालिकामा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सेवा केन्द्रका उद्घाटन गरेका थिए । उनले सेवा केन्द्रको स्थापनापछि पोखरिया नपासहित पर्साका सातवटा पालिकाका जनताको लागि सेवा सहज भएको बताए । उनले जिल्लाको […]

मुआवजापीडितसँग मन्त्रीहरूको भेटघाट

प्रस, वीरगज, १५ फागुन/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरकारले वीरगंजस्थित सुक्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरेको जग्गाको पूर्ण मुआवजा हालसम्म वितरण गर्न नसकेकोमा आफू चिन्तित रहेको बताएका छन् । पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयका सेवा केन्द्रको उद्घाटनपश्चात् बिहीवार वीरगंज महानगरपालिका–२५ सुक्खा बन्दरगाहस्थित जग्गा अधिग्रहण गरिएका स्थानीयवासीसमक्ष पुगेर उनले सो कुरा […]

कलश क्याटल फार्मिङ प्रालिका गाईमा सुधार हुँदै

प्रस, वीरगंज, १५ फागुन/ ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको कलश क्याटल फार्मिङ प्रालिको विवाद सहमतिमा टुङ्गिएपछि अहिले त्यहाँ रहेका गाई र बाछाबाछीको उपचारलगायतका उद्धार कार्य जारी छ । ठोरी गापा कार्यालय घ्याङडाँडामा फागुन ११ गते आइतवार बसेको सर्वपक्षीय बैठकले तत्काल फार्ममा रहेका गाईहरूको आहारा व्यवस्थापन, बिजुलीको बक्यौता चुक्ता, कर्मचारीहरूको तलब र किसानहरूको बाँकी बक्यौता तिर्नका लागि […]

टाँगियाबस्तीबाट सालका गोलिया बरामद

प्रस, निजगढ, १५ फागुन/ जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीबाट २३ थान सालका गोलिया काठ बरामद भएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ । टाँगियाबस्तीको वीरमान चोकस्थित मिलन तामाड्ढो घरपछाडि सालका चिरान काठ रहेको सूचनाको आधारमा गत मङ्गलवार छापामारी गर्दा एक थान साइकलसहित ११५.१२ क्युफिट बराबर सालका गोलिया बरामद भएको थियो । उक्त गोलिायाको बजार मूल्य चार लाखभन्दा […]

चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुने

प्रस, वीरगंज, १५ फागुन/ काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल शुरू हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल पाँच दिनसम्म सञ्चालन हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो । महोत्सवमा जापान, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश, हड्ढङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, […]

एनप्याब्सनको आठौं महाधिवेशन शुरू

प्रस, वीरगंज, १५ फागुन/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालकोे आठौं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि वीरगंजमा शुरू भएको छ । वीरगंजको नगर सभागृहमा दुई दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटनसत्र सम्पन्न भएको छ । कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतका १५०० मध्ये करीब ८५० प्रतिनिधिको सहभागिता रहेको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको […]

पर्सा र बारामा निश्शुल्क आँखा शिविर

प्रस, वीरगंज, १५ फागुन/ सखुवाप्रसौनी गाउँपालिका–५ महुवन स्वास्थ्य चौकीमा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २०६ जनाले आँखा परीक्षण गराएका र ६१ जनामा मोतीबिन्दु देखा परेको थियो । मोतीबिन्दु देखिएका बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि आवश्यक परामर्श प्रदान गरिएको र निश्शुल्क औषधि वितरण गरिएको किरण आँखा […]

३५ सयको लागि साथीको हत्या, तीनजना पक्राउ

प्रस, वीरगंज, १५ फागुन/ वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मी निवासी २० वर्षीय विशाल पटेलको हत्या जुवामा ३५ सय बाँकी नतिर्दा भएको खुलासा भएको छ । स्थानीयवासीले बुझ्दा घटनामा पटेलको हत्या जुवा खेल्ने क्रममा साथीहरूलाई ३५ सय तिर्न नसक्दा विवाद भएको र सोही विवादमा उनको हत्या भएको बताएका छन् । यसबारेमा बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलन […]

दोस्रो वीरगंज गोल्डकप फूटबल फागुन १७ गतेदेखि हुने

प्रस, वीरगंज, १५ फागुन/ दोस्रो वीरगंज गोल्डकप पूmटबल प्रतियोगिता फागुन १७ गते शनिवारदेखि वीरगंजको आदर्शनगरस्थित रङ्गशालामा आयोजना हुने बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । भेन्ट्रान्स सिटी फूटबल क्लबले आयोजना गरेको यो फूटबल प्रतियोगितामा भारतको एक र नेपालका सात टीम सहभागी हुने आयोजक क्लबका सदस्य सन्तोष खनालले पत्रकार सम्मेलनमा बताए । उनले भारतको […]

नेशनल मेडिकलको साताव्यापी खेलकूद समापन

प्रस, वीरगंज, १५ फागुन/ नेशनल मेडिकल कलेजले बिहीवार सप्ताहव्यापी खेलकूद कार्यक्रम सम्पन्न गरेको छ । कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा फूटबल, भलिबल, क्रिकेट, टेबुलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल खेलहरू समावेश गरिएको थियो । प्रतियोगितामा मेडिकल कलेजका एमबिबिएस, बिडिएस, बिएमएलटी, बिएमआइटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरू सहभागी थिए । कलेजका अध्यक्ष प्राडा जैनुद्दीन अन्सारीले सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्