प्रस, वीरगंज, १४ फागुन/
नेपाल अर्थोपेडिक सङ्घको आयोजनामा भोलि बिहीवारदेखि वीरगंजमा शुरू हुने चार दिने अर्थोकोन २०२५ अन्तर्गत बुधवार दुईवटा प्रिकन्फ्रेन्स वर्कशप सञ्चालन भएको छ ।
वीरगंजमा पहिलोपटक आयोजना हुन गइरहेको चार दिने अर्थोकोन २०२५ मा अहिलेसम्म चार सयजनाले रजिस्ट्रेशन दर्ता गरेको र बाँकीले भोलि गर्ने अर्थोकोन २०२५ कार्यक्रमका संयोजक डा सरोज सिंहले बताए । उनले भेलामा नेपालका अर्थोपेडिक सर्जरीको अभ्यास गर्ने पाँच सय चिकित्सकको सहभागी रहने अनुमान गरिएको उनले बताए । सो कार्यक्रम अन्तर्गत आज नेशनल मेडिकल कलेज र सूर्य अस्पतालमा गरी दुई स्थानमा प्रिकन्फ्रेन्स वर्कशप गरिएको उनले बताए । भोलिदेखि वीरगंजमा तीन दिने अर्थाेकेन–२०२५ वर्कशप सञ्चालन हुने उनले बताए ।
चिकित्सकहरूलाई नयाँ प्रविधिमा हुने गरेको शल्यक्रियाबारेमा जानकारी गराउने उद्देश्यले प्रिकन्फ्रेस वर्कशप गरिएको संयोजक डा सिंहले बताए ।
आजको प्रिकन्फ्रेन्स वर्कशपमा नेपाल अर्थोपेडिक सङ्घका महासचिव डा विजेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल अर्थोपेडिक सङ्घका अध्यक्ष प्राडा अर्जुन लामिछाने, पूर्वअध्यक्ष डा रमेशप्रसाद सिंहलगायतको सहभागिता थियो । भोलिदेखि शुरू हुने तीन दिने वर्कशपमा विदेशी चिकित्सकहरूको सहभागिता रहने संयोजक डा सिंहले बताए । उनले विदेशमा अर्थोपेडिक चिकित्सामा हासिल भएका सफलता र चिकित्सकहरूले प्राप्त गरेको उपलब्धि, नयाँ खोज र अनुसन्धानबारेमा वर्कशापमा सहभागीहरूबीच अनुभव साटासाट गरिने उनले बताए ।