प्रस, वीरगंज, १४ फागुन/
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मेडिकल कलेजले सर्वसाधारणलाई सहज र सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताएका छन् । कलेजको रजतजयन्ती समारोह तथा नवनिर्मित डेन्टल भवनको हिजो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरीब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरू लाभान्वित भएको बताए ।
उनले भने– सरकारका निकायहरूले सञ्चालन गरेका सबै सुविधा यहाँ रहेछ । जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा कलेजलाई धन्यवाद दिन चाहन्छु । उनले स्वास्थ्य सेवासँगै मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा पनि कलेजले महŒवपूर्ण योगदान पु¥याएको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
प्रम ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको भन्दै पछिल्लो समय मुलुकमा धेरै काम भएको जिकिर गरे । आफू यस अघि तीन वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तनका काम गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको आरोप लगाए । स्वास्थ्य क्षेत्रको विकासका लागि एकैपटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको तर त्यसपछिका सरकारले ती अस्पतालहरू बनाउने कार्य नै रोकिदिएको उनको आरोप थियो ।
उनले दुई ठूला राजनीतिक दल मिलेर विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउन सरकार बनेको बताए । देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उनले दाबी गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कलेजले दक्ष जनशक्ति उत्पादन र जनतालाई सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्न पु¥याएको योगदानको प्रशंसा गरे ।
नेपालको चिकित्सा क्षेत्रको वृहत्तर विकास र विस्तारमा निजी क्षेत्रले महŒवपूर्ण योगदान दिएको भन्दै सरकार निजी क्षेत्रसँग आवश्यक सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए । उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर रहेको चर्चा गर्दै उनले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री गम्भीर रहेको बताए । उनले भने– हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौं, पैरवी गरिरहेका छौं, यसले सकारात्मक नतीजा ल्याउँछ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले कलेजको शैक्षिक कार्यक्रमहरूमा सिट सङ्ख्या थप्नुपर्ने, विदेशी विद्यार्थीहरू नेपालमा पढ्न आउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कलेजका अध्यक्ष प्राडा जैनुद्दीन अन्सारीले कलेजको विगत, वर्तमान अवस्थाका बारेमा बोल्दै सरकार एक्लैले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताए । स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान गरेको उनले दाबी गरे ।
उनले हालसम्म एमबिबिएसमा दुई हजार २६२ जना, बिडिएसमा ३३५ जना, बिएस्सी नर्सिङतर्फ २०० जना, एमडी/एमएसमा ३१७ जना तथा एमएस्सी नर्सिङ, डिएम नेफ्रोलोजी, एमडिएसमा गरी कुल तीन हजार १५० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको बताए । उनले कलेजबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको स्वास्थ्य क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउँदै आइरहेको र अमेरिका, युरोप, अस्ट्रेलियालगायत विश्वका विभिन्न भूभागमा सफलतापूर्वक सेवारत रहेको बताए ।
उनले पछिल्लो समय मेडिकल शिक्षा अध्ययनकै लागि अर्बौं खर्च गरेर नेपाली विद्यार्थीहरू पलायन भइरहेकामा रोक्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकको २०८१/८२ को छ महीनाको तथ्याङ्क अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेशिएको रकम ५६ अर्ब ८२ करोड रहेको छ । उच्च शिक्षा अध्ययनका लागि छ महीनायता नेपाल भित्रिएको रकम मात्र दुई अर्ब ६८ करोड रहेकामा त्यो रकम मेडिकल साइन्स अध्ययन गर्ने विदेशी विद्यार्थीहरूबाट मात्र आएको दाबी गरे । गत वर्ष मेडिकल साइन्स अध्ययन गर्ने विद्यार्थीबाट छ अर्ब एक करोड रकम भित्रिएको थियो । मेडिकल कलेजको सिट बढ्यो भने विदेशिने पैसा कम्ती हुने तथा नेपाल भित्रिने पैसामा बृद्धि हुने उनले
बताए ।