पटेलको हत्या आशङ्का आठजना पक्राउ

प्रस, वीरगंज, १२ फागुन/
वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मी निवासी जोगेन्द्र पटेलका छोरा विशाल पटेल मृत अवस्थामा फेला परेका छन् ।

पटेलको हत्या गरी नजीकैको नदीमा फालेको अवस्थामा प्रहरीले हिजो बिहान फेला पारेको थियो । प्रहरीले पटेलको हत्या भएको आशङ्कामा आठजनालाई पक्राउ गरेको छ ।

पटेल फागुन ९ गते राति गाउँमा साथीभाइहरूसँग जुवा खेलिरहेको अवस्थामा देखिएका र त्यसपछि सोही रातिदेखि उनी बेपत्ता भएको बताइन्छ । बेपत्ता पटेलको खोजी कार्य गरिएको तर हिजो बिहान मात्र उनी नजीकको नदीमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले यसबारेमा आठजनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्