विद्युतीय चुलोको प्रदर्शनी

नरेश यादव, पर्सागढी, १३ फागुन/
वीरगंज महानगरपालिका–३० को आयोजनामा मङ्गलवार स्वच्छ चुलो परियोजना अन्तर्गत क्लिन कूकिङ अलायन्स र सस्टेनेबल प्रोस्पेरिटिस इनिसिएटिभ नेपालको आयोजना र दिव्य विकास स्रोत केन्द्र पर्साको सहकार्यमा विद्युतीय चुलो प्रदर्शन गरिएको छ ।

प्रदर्शनी अवलोकर्ताहरूले आज विद्युतीय चुलो बूकिङ गरेको आयोजकले जनाएको छ । क्लिन कूकिङ अलायन्सका नीति विशेषज्ञ मोहनदास मानन्धरले मधेस प्रदेशमा यो परियोजनाले एलपी र बायो ग्याँसमा परिवारको निर्भरता घटाउन मदत पुग्ने बताए । उनले हालसम्मको तथ्याङ्क अनुसार देशभर आधाभन्दा बढी मानिसहरू खाना पकाउनका लागि दाउराको प्रयोगमा रहेका र मधेस प्रदेशमा ११ प्रतिशत मानिसले गोबर ग्याँसको प्रयोग गरिरहेको बताए । उनले विद्युतीय चुलो प्रयोग गर्दा पर्यावरण संरक्षणका साथै आर्थिक लाभले नेपालमा ऊर्जा सन्तुलन, सामाजिक सशक्तीकरण र नेपालको व्यापारमा फाइदा हुने दाबी गरे ।

कार्यक्रममा वरिष्ठ नीति विशेषज्ञ पुरुषोतम घिमिरे, इनिसिएटिभ नेपालकी प्रबन्धक सरीता कार्की, दिव्य विकास स्रोत केन्द्रका कार्यकारिणी निर्देशक रामाकान्त कुर्मी, इनिसिएटिभ नेपालका फिल्ड कोअर्डिनेटर किरण चौधरी, वडाध्यक्ष, स्थानीयको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्