प्रस, परवानीपुर, १३ फागुन/
वीरगंजमा विभिन्न क्षेत्रमा आबद्ध महिलाहरूको समूहले मङ्गलवार -याली निकालेको छ । अनुपम अभियान अन्तर्गत देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत वीरगंजका महिलाहरूले -याली निकालेका हुन् ।
वीरगंजका महिलाहरू सहभागी ¥यालीमा राजनीतिकर्मी, सञ्चारकर्मी, शिक्षिका, कर्मचारी, अधिवक्ता, सामाजिक अभियन्ता, गैरसरकारी संस्थाकर्मी, गृहिणी, स्वास्थ्यकर्मी महिलाहरूको सहभागिता थियो । घण्टाघरबाट शुरू भएको -याली नगरपरिक्रममा गर्दै पुनः घण्टाघरमा कोणसभामा गरेर समापन भएको थियो ।
महिला नेतृत्वको लागि देशव्यापी महिलावादी अभियान अन्तर्गत आजको -यालीमा आगामी ८४ मा महिला पहिला, भ्रष्टाचारप्रति शून्य सहनशीलतालगायतका नारा लगाइएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी डा सुषमा तिवारी, एमालेकी प्रदेश सदस्य वीणा शर्मा, मुनी श्रीवास्तव, पूर्वउपप्रमुख सलमा खातुन, कोपिला कँडेल, महिला पत्रकारहरू लक्ष्मी खरेल, कविता खड्का, सुस्मिता यादव, विमला गुप्ता, माधुरी महतो, अधिवक्ता प्रतिमा चौरसिया, स्टाफ नर्स हेमा थापालागयतको सहभागिता थियो ।