प्राणप्रतिष्ठाका लागि कलश यात्रा

प्रस, सिम्रौनगढ, १२ फागुन/
सिम्रौनगढ नगरपालिका–७ टोल खजानीमा स्थापना भएको पञ्चमुखेश्वर हनुमानको प्रतिमाको प्राण प्रतिष्ठानको लागि सोमवार कलश शोभायात्रा निकालिएको छ ।

खजानी प्रतिमास्थलबाट निकालिएको कलशयात्रा जय श्री राम, जय हनुमानको जयकारा गर्दै नयका टोला, मौवाही झवानी कमलपुर हुँदै पूरै सिम्रौनगढ परिक्रमा गरी कङ्काली पोखरीमा विधिवत् जल बोझी गरी खजानी प्रतिमा स्थलमा पुगेको थियो ।

विभिन्न किसिमका बाजागाजा, हात्ती, घोडाका साथ निकालिएको कलशयात्रामा महिला, पुरुष, बालबालिकासहित हजारौंको सहभागिता थियो ।

कार्यक्रममा नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, सिम्रौनगढ नपाकी उपप्रमुख नजमु शेहर, समाजसेवी चन्द्रशेखरकुमार यादव, रामनरेशकान्त कुशवाहा, जयन्त कुशवाहा, वडाध्यक्ष विवेक मेहतालगायतको सहभागिता थियो । १८ फिटको पञ्चमुखेश्वर हनुमानको यो प्रतिमा बाराको ठूलो प्रतिमामध्ये एक हो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्