नेपाल–भारत सीमा संवाद कार्यक्रम

प्रस, वीरगंज, १२ फागुन/
नेपाल–भारत सहयोग मञ्चको आयोजनामा नेपाल–भारत सम्बन्ध सीमा रहित संवाद विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भारतीय लोकसभाका सांसद डा सञ्जय जयसवालले नेपाल–भारत सम्बन्ध धार्मिक, सांस्कृतिकरूपमा पनि एक भएको बताए । उनले नेपालको पशुपतिनाथ, भारतको बनारस, बद्रिनाथ सदीऔंदेखि दुई देशका नागरिकहरूका लागि धार्मिक पर्यटकको रूपमा रहेको बताए । उनले अहिले प्रयागराज पूर्ण महाकुम्भमा नेपाललगायत विभिन्न देशका मानिसहरूको ठूलो उपस्थिति रहेको र यो भारतको सांस्कृतिक आस्थाको पर्यटन उत्सव विश्व हिन्दू दशक पुनउत्र्थानका लागि उदाहरणीय भएको बताए ।

उनले अहिले नेपालले भारतलाई १० हजार मेघावाट बिजुली बिक्रीको लक्ष्य लिएको छ र यसले नेपालको विकासमा टेवा पुग्ने बताए । उनले काठमाडु–रक्सौल–बनारस रेल सञ्चालनको भावी योजना रहेको भन्दै यसै महीना भारत सरकारले रक्सौल रेलवे स्टेशनमा ५४ करोडको वाशिङपेन परियाना ल्याइरहेको र यसले पनि यो काममा थप टेवा पुग्ने बताए ।

उनले आगामी दुई वर्षमा रक्सौलबाट हवाई सेवा शुरू हुनेगरी तयारी भएको जानकारी गराए । हवाई सेवा दुवै देशका लागि उपयोगी हुने उनले दाबी गरे । मञ्चका अध्यक्ष अशोक बैदको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, भारतीय महावाणिज्यदूत देवी सहाय ्मीणा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गोपाल केडिया, डा रमेश अग्रवाल, बालमुकुन्द खरेल, दुर्गा गौतम, मनीष दुबे, राकेश जयसवाल, चन्द्रकिशोर झा, विनीत जयसवाल, गोबिन्द सिकारिया, कनिका कौशिकलगायत वीरगंज र रक्सौलका व्यापारीहरूको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्