सरकारी अस्पतालबाट निजी अस्पतालमा रेफर, शल्यक्रिया बिग्रिएपछि १८ वर्षे युवकको मृत्यु

प्रस, रौतहट, १२ फागुन/ प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रेफर गरिएका एक रोगीको मृत्यु भएको छ । गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको पेट दुखेर गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि शनिवार भर्ना गरिएको थियो । काका देवेन्द्र अधिकारीले लालुलाई पेट दुखेर उपचारका लागि शनिवार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको तर प्रारम्भिक परीक्षणपछि अस्पतालका डा […]
पाँच वर्षमुनिका बालबालिकाका लागि पोषण प्रदर्शनी

नितेश कर्ण, वीरगंज, १२ फागुन/ एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्स, पिसिएल नर्सिङ दोस्रो वर्षका विद्यार्थीहरूले सोमवार नारायणी अस्पतालको प्रसूतिगृहमा बालबालिकाका लागि पोषणसम्बन्धी प्रदर्शनी गरेका छन् । एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्स, पिसिएल नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको प्रदर्शनीमा पाँच वर्षमुनिका बालबालिकाका लागि पोषणयुक्त खानेकुराहरूबारे जानकारी गराइएको थियो । पाँच […]
केडिया आँखा अस्पताल मधेसकै उत्कृष्ट –उपराष्ट्रपति

प्रस, परवानीपुर, १२ फागुन/ परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुरले स्वर्ण जयन्ती मनाएको छ । अस्पताल सञ्चालनको ५० वर्ष पुगेको अवसरमा सोमवार अस्पतालले विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएको छ । स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले अस्पताल पर्सा, बाराको मात्र नभएर मधेस प्रदेशकै उत्कृष्ट अस्पताल भएको बताए । उनले विगत […]
अतिक्रमण हटाएर वृक्षारोपण गरौं –मन्त्री क्षत्री

प्रमोद यादव, पंचगावाँ, १२, फागुन/ गादीमाई साझेदारी वन उपभोक्ता समिति पर्साको सोमवार प्रथम साधारण भेला सम्पन्न भएको छ । भूमि, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले साधारणसभाको उद्घाटन गरेका थिए । उनले वनजङ्गलको विनाश रोक्न सरोकारवाला निकायहरूका साथै आम जनता अघि बढ्नुपर्ने बताए । उनले वनजङ्गलको अतिक्रमण हटाएर वृक्षारोपण गर्न सुझाए । उनले वनजङ्गल अतिक्रममुक्त गरेर […]
प्राणप्रतिष्ठाका लागि कलश यात्रा

प्रस, सिम्रौनगढ, १२ फागुन/ सिम्रौनगढ नगरपालिका–७ टोल खजानीमा स्थापना भएको पञ्चमुखेश्वर हनुमानको प्रतिमाको प्राण प्रतिष्ठानको लागि सोमवार कलश शोभायात्रा निकालिएको छ । खजानी प्रतिमास्थलबाट निकालिएको कलशयात्रा जय श्री राम, जय हनुमानको जयकारा गर्दै नयका टोला, मौवाही झवानी कमलपुर हुँदै पूरै सिम्रौनगढ परिक्रमा गरी कङ्काली पोखरीमा विधिवत् जल बोझी गरी खजानी प्रतिमा स्थलमा पुगेको थियो । […]
गौतम माविमा खाना महोत्सव

नितेश कर्ण, वीरगंज, १२ फागुन/ गौतम माध्यमिक विद्यालय वीरगंजमा सोमवार कक्षा ८ का विद्यार्थीहरूले सांस्कृतिक खाना महोत्सव आयोजना गरे । विद्यार्थीहरूले विभिन्न परिकारहरू पकाएर महोत्सवमा राखेका थिए । फरकफरक समुदायका खानाका परिकार, भेषभूषा र सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीहरू महोत्सवमा देखिएका थिए । पहाडी भूगोलमा पकाइने सेलरोटी, मासु, ढिडो, गुन्द्रुक र आलुको अचार बनाइएको थियो । तराईमा […]
नेपाल–भारत सीमा संवाद कार्यक्रम

प्रस, वीरगंज, १२ फागुन/ नेपाल–भारत सहयोग मञ्चको आयोजनामा नेपाल–भारत सम्बन्ध सीमा रहित संवाद विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भारतीय लोकसभाका सांसद डा सञ्जय जयसवालले नेपाल–भारत सम्बन्ध धार्मिक, सांस्कृतिकरूपमा पनि एक भएको बताए । उनले नेपालको पशुपतिनाथ, भारतको बनारस, बद्रिनाथ सदीऔंदेखि दुई देशका नागरिकहरूका लागि धार्मिक पर्यटकको रूपमा रहेको बताए । उनले […]
चीन–अमेरिका प्रतिस्पर्धा : विश्वव्यापी चुनौती

• राजेन्द्रप्रसाद कोइराला पृष्ठभूमि र वर्तमान अवस्था चीन–अमेरिका सम्बन्ध आज विश्व राजनीतिको केन्द्रबिन्दु बनेको छ । दुई महाशक्तिहरूबीचको यो प्रतिस्पर्धा केवल आर्थिक वा सैन्य होइन, प्रविधि, संस्कृति, र भू–राजनीतिक वर्चस्वको लडाइँ हो । यसले विश्वभरका राष्ट्रहरूलाई दुई पाटाको चुनौती (Dual Challenge) मा पारेको छः एकतर्फ अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन, अर्कोतर्फ चीनको उदयोन्मुख शक्ति । यसले […]
एलन मस्कको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं अर्बपति उद्यमी एलन मस्कले सङ्घीय कर्मचारीहरूले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागीर गुमाउनुपर्ने धारणा राखेका छन् । यस कदमलाई केहीले प्रशासनिक सुधारको रूपमा हेरेका छन् भने कतिपयले सङ्घीय कर्मचारीतन्त्रमाथि अनावश्यक हस्तक्षेपको रूपमा लिएका छन् । लोकतान्त्रिक मुलुक अमेरिकामा यस किसिमको कठोर व्यवस्था लागू हुने सम्भावना कम देखिन्छ । […]
२०८१ फागुन १३ गते मङ्गलवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला