प्रस, वीरगंज, ११ फागुन/
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आइतवार वीरगंजमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा आफूलाई लघुवित्तपीडित भनाउँदाहरूले घण्टाघरबाट नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपाली नै गर्ने हो, नेपाल राष्ट्रको पैसा नेपालमा नै राख्ने हो, लघुवित्त र सहकारी ऋण तिर्न खाडी मुलुकमा कामदारको रूपमा गएका नेपालीहरूलाई फिर्ता बोलाऊ, खाडीका जेलहरूमा रहेका सात हजार युवालाई नेपाल फर्काऊ, तस्कर आप्रवासी व्यापारी लखेट्ने सर्वहारा वर्गले लिएको लघुवित्त र सहकारीको २० लाखभन्दा मुनिका कर्जाहरूको ब्याज मिनाहा गर, राजासहितको बौद्धिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य बनाउने हो, बैंक वित्तीय संस्थाहरूको लिलाम गरी सुकुमबासी बनाइएका नेपालीको जग्गा फिर्ता गर जस्ता नाराहरू लगाएका थिए ।
घण्टाघरबाट निकालिएको विरोध ¥याली नगरपरिक्रमा गर्दै सोही स्थानमा पुगेर समापन भएको थियो ।