प्रस, वीरगंज, ११ फागुन/
मास्कोट एकेडेमीले २५औं वार्षिकोत्सव मनाएको छ । प्रदेशसभा सदस्य रहबर अन्सारीले वार्षिकोत्सवको उद्घाटन गर्दै मास्कोटले शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएकोमा प्रशंसा गरे ।
उनले विद्यालयले समयसापेक्ष विद्यार्थीहरूको अध्ययनमा ध्यान दिएको र शिक्षाका अलावा अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी गराएकोमा प्रशंसा गरे ।
मास्कोटका सञ्चालक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसिया, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, वीरगंज युवा समाजका कमल चौगाईं, विकन स्कूलका प्रकाश उपाध्यायलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत सरीता खड्गीले गरेकी थिइन् ।