क्रिकेटको प्रिक्वार्टरफाइनल सकियो, फूटबलको फाइनलमा नवदीप र लिटिल फ्लावर

प्रस, वीरगंज, ११ फागुन/
प्याब्सन जुनियर फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन् ।

विपद् व्यवस्थापन मधेस प्रदेशको खेल मैदान वीरगंजमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ज्ञानज्योति स्कूललाई नवदीप एकेडेमीले शून्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए । यस खेलको ‘म्यान अफ द म्याच’ आर्यन कुशवाहा भए । दोस्रो सेमिफाइनल खेलमा ठोरी एकेडेमीलाई लिटिल फ्लावरले पनि शून्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवश ग¥यो । यस खेलमा करण मण्डल ‘म्यान अफ द म्याच’ घोषित भए । जुनियर फूटबल प्रतियोगिताको फाइनल खेल भोलि फागुन १२ गते हुने सचिव सङ्ग्रौलाले जानकारी गराएका छन् ।

यसैबीच, नवौं प्याब्सन नकआउट टी–२० क्रिकेट प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल सम्पन्न भएका छन् ।

आज भएको अन्तिम प्रिक्वार्टरफाइनलको पहिलो खेलमा गोल्डेन फ्युचरले माउन्ट मकालु स्कूललाई चार विकेटअन्तरले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको माउन्ट मकालुले १४.५ ओभरमा सबै विकेट गुमाएर ७४ रन बनाएको थियो । प्रतिउत्तरमा गोल्डेन फ्युचरले १३.२ ओभरमा छ विकेटको नोक्सानीमा ७७ रन बनाएर जीत हासिल ग¥यो ।

दोस्रो खेलमा मास्कोट ६८ रनले जित्यो । गुरुकुलविरुद्ध पहिला ब्याटिङ गर्दै मास्कोटले १५ ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो भने गुरुकुल १३.५ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा सीमित भयो ।

तेस्रो तथा आइतवारको अन्तिम खेलमा विकन स्कूलले लिटिल फ्लावरलाई १६ रनअन्तरले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको विकनले १५ ओभरमा सात विकेट गुमाएर १०७ रन बनाएको थियो । लिटिल फ्लावरले भने १५ ओभरमा सात विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

यस क्रिकेट प्रतियोगिता अन्तर्गत भोलिदेखि क्वार्टरफाइनल खेल हुने सचिव सङ््ग्रौलाले बताए । क्रिकेटको फाइनल खेल फागुन १४ गते हुने उनले जानकारी गराए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्