कलश क्याटल फार्मिङ प्रालिको विवाद तत्कालका लागि साम्य, गाईको उद्धार र व्यवस्थापनका लागि सञ्चालकहरू तयार

प्रस, वीरगंज, ११ फागुन/ ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको कलश क्याटल फार्मिङ प्रालिको विवाद तत्कालका लागि सहमतिमा टुङ्गिएको छ । गापा कार्यालय घ्याङडाँडामा आइतवार बसेको सर्वपक्षीय बैठकले तत्काल फार्ममा रहेका गाईहरूको आहारा व्यवस्थापन, बिजुलीको बक्यौता चुक्ता, कर्मचारीहरूको तलब र किसानहरूको बाँकी बक्यौता तिर्नका लागि सञ्चालकहरूलाई तत्काल रु ३० लाख जम्मा गर्न भनेको छ । कलश क्याटल […]
लाही कीराबाट गहुँ, तोरी र हरिया तरकारीखेती प्रभावित

धर्मेन्द्र चौरसिया, पोखरिया, ११ फागुन/ पर्सा जिल्लाका किसानहरू लाही कीराको प्रकोपबाट पीडित भएका छन् । जाडोयाम बितिसक्दा पनि पानी नपरेकोले किसानहरूले लगाएका गहुँ, तोरी र हरिया तरकारी खेतीहरूमा लाहीको प्रकोप बढेको हो । कालिकामाई गाउँपालिका–५ का किसान महेन्द्र पटेलले लाही कीराविरुद्ध औषधि छरिएको तर प्रकोप कम नभएको बताए । उनले गहुँ, तोरी र हरिया तरकारी […]
जफत गरिएका ढुङ्गाको अझै ठेक्का लागेन

प्रस, निजगढ, ११ फागुन/ बकैया खोलाबाट अवैधरूपमा ढुङ्गा निकाली निजगढ नगरपालिका–४ कछडिया बस्ती आसपासमा थुपारिएका ढुङ्गाको निजगढ नगरपालिकाले दोस्रोपटक ठेक्का आह्वान गरे पनि ठेक्का लाग्न सकेको छैन । निजगढ नपाले ठेक्का लगाउन पहिलोपटक विद्युतीय बोलपत्र (ईबिडिङ)मार्फत ३० दिने टेन्डर सूचना आह्वान गरेकोमा ठेक्का नलागेपछि दोस्रोपटक १५ दिने टेन्डर सूचना आह्वान गरेको थियो । यही फागुन […]
कुखुरा फार्ममा आगलागी, लाखौंको क्षति

प्रस, परवानीपुर, ११ फागुन/ पर्साको एक कुखुरा फार्ममा आगलागी भएर लाखौंको क्षति भएको छ । विन्ध्यवासिनी गाउँपालिका–३ झौवास्थित युवराज एकीकृत फार्ममा गएराति आगलागी भएर लाखौंको क्षति भएको फार्म सञ्चालक सुकदेवसाह कलवारले बताए । उनले आगलागीको कारण तत्काल खुली नसकेको जानकारी गराए । आगलागीबाट तीनवटा कुखुरा फार्ममा रहेका दुई हजार पाँच सय तयारी कुखुरा र पाँच […]
गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगराउन होटल व्यवसायीलाई प्रहरी उपरीक्षकको चेतावनी

प्रस, वीरगंज, ११ फागुन/ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्सा जिल्लाका होटल व्यवसायीहरूलाई कुनै पनि गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगराउन चेतावनी दिएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले आइतवार आयोजना गरेको ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयको अन्तक्र्रियामा प्रउ मिश्रले होटल व्यवसायीहरूलाई मर्यादित तरीकाबाट व्यवसाय सञ्चालन गर्न सुझाए । […]
लघुवित्तपीडितद्वारा वीरगंजमा प्रदर्शन

प्रस, वीरगंज, ११ फागुन/ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आइतवार वीरगंजमा प्रदर्शन गरेको छ । प्रदर्शनमा आफूलाई लघुवित्तपीडित भनाउँदाहरूले घण्टाघरबाट नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपाली नै गर्ने हो, नेपाल राष्ट्रको पैसा नेपालमा नै राख्ने हो, लघुवित्त र सहकारी ऋण तिर्न खाडी मुलुकमा कामदारको रूपमा गएका नेपालीहरूलाई फिर्ता बोलाऊ, […]
मास्कोट एकेडेमीको वार्षिकोत्सव

प्रस, वीरगंज, ११ फागुन/ मास्कोट एकेडेमीले २५औं वार्षिकोत्सव मनाएको छ । प्रदेशसभा सदस्य रहबर अन्सारीले वार्षिकोत्सवको उद्घाटन गर्दै मास्कोटले शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएकोमा प्रशंसा गरे । उनले विद्यालयले समयसापेक्ष विद्यार्थीहरूको अध्ययनमा ध्यान दिएको र शिक्षाका अलावा अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी गराएकोमा प्रशंसा गरे । मास्कोटका सञ्चालक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसिया, […]
क्रिकेटको प्रिक्वार्टरफाइनल सकियो, फूटबलको फाइनलमा नवदीप र लिटिल फ्लावर

प्रस, वीरगंज, ११ फागुन/ प्याब्सन जुनियर फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन् । विपद् व्यवस्थापन मधेस प्रदेशको खेल मैदान वीरगंजमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ज्ञानज्योति स्कूललाई नवदीप एकेडेमीले शून्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए । यस खेलको ‘म्यान अफ द म्याच’ […]
वडाध्यक्षद्वारा क्लबलाई खेल सामग्री प्रदान

प्रस, निजगढ, ११ फागुन/ निजगढ नगरपालिका–९ का अध्यक्ष रामचन्द्र कटुवालले निजगढ फूटबल क्लबलाई जर्सी, बुट, पञ्जालगायतका खेलकूद सामग्री प्रदान गरेका छन् । सो अवसरमा उनले राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नारालाई मनन् गर्दै विगतका वर्षदेखि वडा कार्यालयले खेलकूद क्षेत्रको विकासमा पनि योगदान गर्दै आएको बताए । सीमित बजेटको बावजूद फूटबल खेलाडीलाई प्रोत्साहनस्वरूप आवश्यक […]
२०८१ फागुन १२ गते सोमवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला