समाजसेवामा संलग्न २६ जना सम्मानित

प्रस, वीरगंज, १० फागुन/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले शनिवार विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले समाजसेवामा संलग्न पर्सा, बारा, रौतहट र छिमेकी भारत रक्सौलसमेतका गणेश लाठ, सुरेश रूँगटा, प्रकाश थारू, डा नीरज सिंह, मधु राणा, प्रकाश खेतान, डा उदयनारायण सिंह, ग्याँसुद्दीन ठकुराई, रञ्जीत सिंह, धु्रव साह, देवेश मानवसेवा, विक्की सर्राफ, श्रवण रायमाझीलगायत २६ जनालाई सम्मान गरेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी प्रमुख रविणा दिदीको अध्यक्षतामा कार्यक्रममा भएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्