प्रस, वीरगंज, १० फागुन/
नेकपा एमाले कालिकामाई गाउँपालिकाले शनिवार प्रेस चौतारी नेपाल पर्साका नवनिर्वाचित पदाधिकारी, सदस्यहरूलाई सम्मान गरेको छ ।
अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद प्रभु हजराले प्रेस चौतारी पर्साका अध्यक्षद्वय निरञ्जन मिश्र, तुलसी भण्डारीसहित पदाधिकारी, सदस्यहरू तथा प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई गम्छा ओढाएर फुूमाला अबिर लगाइ सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा, सचिव महेश दास, वडाध्यक्ष सोनालाल चौरसिया, प्रभा गुप्तालगायतको सहभागिता थियो ।