उपकारद्वारा ह्वीलचेयर सहयोग

प्रस, वीरगंज, १० फागुन/
उपकार सेवा नेपाल नामक संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज निवासी ४३ वर्षीय सुमन कार्कीलाई ह्वीलचेयर सहयोग गरेको सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।

उनले कार्की दुर्घटनामा परेर विगत तीन वर्षदेखि स्नायुसम्बन्धी समस्याले हिंड्डुल गर्न नसकेकाले उनलाई ह्वीलचेयर प्रदान गरिएको बताए । संस्थाकी अध्यक्ष विद्या सरावगीले कार्कीको घरमा पुगेर ह्वीलचेयर प्रदान गरेकी थिइन् । उनले कार्कीको दैनिक जीवनयापनमा ह्वीलचेयरले सहयोगी भूमिका खेल्ने बताइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्