गाँजा र चरेस बरामद

प्रस, वीरगंज, ८ फागुुन/
जिल्ला प्रहरी कार्यालय, पर्साले गFँजा र चरेससहित बिहीवार दुईजनालाई पक्राउ गरेको छ ।

बारा जिल्ला प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई हाल वीरगंज–१६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्र्षीया आरती यादव चरेससहित पक्राउ परेकी हुन् । उनको साथबाट ११ किलो ४०० ग्राम चरेस बरामद भएको जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास भट्टले बताए ।

यसैगरी, शङ्कराचार्य द्वारमा चेकजFँच गर्दा भारत पश्चिम बङ्गाल निवासी २८ वर्षीय राज अधिकारी चरेस र गाँजासहित पक्राउ परेको उनले बताए । अधिकारीबाट गाँजा छ किलो ३०० ग्राम र चरेस दुई किलो १०० ग्राम बरामद भएको प्रवक्ता भट्टले बताए ।

 

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्