कार्पेटमुनि धूलो लुकाउने प्रयास

श्रीमन्नारायण• श्रीमन्नारायण

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको दुःखद मृत्यु र तत्पश्चात् भएको घटनाक्रमले जोकोहीलाई पनि मर्माहत बनाएको छ । विश्वविद्यालयको प्रशासनिक अधिकारीहरूको चारैतिर आलोचना भइरहेको छ । विश्वविद्यालय प्रशासनले दोषी छात्र, विश्वविद्यालयका वरिष्ठ अधिकारीलगायत विश्वविद्यालयका सुरक्षाकर्मीमाथि आवश्यक कारबाई पनि गरेको छ । केहीलाई हिरासतमा पठाइएको छ भने केहीलाई जागीरबाट निलम्बन गरिएको छ । यस घटनाको समर्थन कसैले पनि गरेको छैन, गर्नु पनि हुँदैन । प्रकृति लम्सालको आकस्मिक र दुःखद निधनले उनको परिवारलाई पु¥याएको क्षति अपूरणीय छ । यसको भरपाई गर्न सकिंदैन । किट विश्वविद्यालय प्रशासनले समयमैं कठोर पाइला चालेको भए यस्तो दुःखद घटना हुने थिएन । किट विश्वविद्यालयमा बर्सेनि सैकडौं विद्यार्थी अध्ययन गर्न जाने गर्थे । तर यस घटनाले उक्त विश्वविद्यालयको विश्वसनीयतामाथि आशङ्का उब्जिएको छ । विश्वविद्यालयले कार्पेटमुनि धूलो लुकाउने गलती गरेको कारण उसले केही वर्षसम्म नेपाली अभिभावक र विद्यार्थीहरूको विश्वास जित्न गा¥हो हुनेछ ।

प्रकृति लम्साल नेपाली छात्रा भएकी नाताले हामी नेपालीहरू बढी दुःखी हुनु स्वाभाविक हो । दुःखी अवस्थामा मान्छे आक्रोशित हुन पुग्छ । नेपाली छात्राले आत्महत्या गरेपछि त्यसको विरोध गर्दै विश्वविद्यालय प्रशासनसमक्ष दोषी छात्रमाथि समुचित कारबाईको माग गरेका नेपाली विद्यार्थीहरूको आक्रोश, समवेदना र दुःखलाई बुझी सहानुभूति र आश्वासन दिनुपर्नेमा विश्वविद्यालयका अधिकारीहरूले गरेको व्यवहार र व्यक्त गरेका कठोर शब्दहरूले नेपाली विद्यार्थीहरूलाई झन् दुःखी बनाउने काम ग¥यो । उडिसाका सामाजिक सङ्गठनहरू, राजनीतिक दलहरू र त्यहाँका समाचार माध्यमहरूले पनि नेपाली विद्यार्थीको समर्थन र पक्षमा देखाएको ऐक्यबद्धता सराहनीय छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावास दुवैले यसमा देखाएको सक्रियता प्रशंसनीय छ । नेपाल सरकार र भारत सरकारले पनि यसमा सराहनीय भूमिका निर्वाह गरेका छन् । उडिसा सरकार, त्यहाँको प्रहरी प्रशासन सबैले समयमैं पाइला चालेको छ ।

किट प्रशासनले नेपाली विद्यार्थीहरूसित रूखो भाषामा कुरा गरेको र धम्काउने कार्य गरेको कारण नेपाली विद्यार्थीहरू बढी दुःखी भए । विद्यालय र क्याम्पसका छात्राछात्राहरू बच्चा नै हुन्छन्, तिनीहरूमा बढी आक्रोश हुनु स्वाभाविक हो । तर तिनीहरू गिलो माटो सरह पनि हुन्छन्, जसलाई चाहेजस्तो आकार दिन सकिन्छ । नरम व्यवहार र मीठो बोलीले तिनीहरूलाई एक मिनेटमैं आप्mनो पक्ष्Fमा पार्न सकिन्छ । विद्यालयहरूमा मधुर भाषा बोल्ने शिक्ष्Fकलाई मन पराउने विद्यार्थीहरू बढी हुन्छन् । तर सधैं हप्काउने र कुटपिट गर्ने शिक्ष्Fकप्रति विद्यार्थीहरूको त्यति बढी सहानुभूति रहेको हुँदैन । अनुशासनका कारण तिनको सम्मान त गर्छन् तर त्यो स्नेहयुक्त हुँदैन । किट विश्वविद्यालयका प्रशासनिक अधिकारीहरूजस्तै नेपाल र भारतका निजीस्तरका विद्यालय, क्याम्पस र विश्वविद्यालयका अधिकारीहरूको व्यवहार पनि त्यति नै रूखो हुन्छ । क्याम्पस र विश्वविद्यालयका विद्यार्थीलाई पनि हाईस्कूलकै विद्यार्थी ठान्ने गलती अधिकांश ठाउँमा भइरहेको हुन्छ । गुरु र शिष्यको पुरानो परम्परा अब छैन । वर्तमान अवस्थामा विद्यार्थीहरूबाट सम्मान पाउन विद्यार्थीहरूलाई पनि समुचित स्नेह र आदर दिन आवश्यक छ । यो कुरा किट विश्वविद्यालय प्रशासनसहित सबै विश्वविद्यालयका प्रशासनिक अधिकारीहरूले बुझ्नु आवश्यक छ ।

उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले नेपाली काउन्सिलरहरू सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँग कुरा गर्दै मृतक प्रकृति लम्साल मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिएका छन् । उनले केआइआइटी क्याम्पसमा शान्ति पुनस्र्थापित हुने आश्वासन दिंदै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन र अध्ययन शुरू गर्न आग्रह पनि गरेका छन् । केआइआइटीमा सामान्य अवस्था पुनस्र्थापनलाई सुनिश्चित गर्न प्रदेश सरकारका मन्त्रीहरू मुकेश महालिङ्ग र सूर्यवंशी सुरज सिंह र मुख्य सचिव मनोज आहुजासित नेपाली अधिकारीहरूबीच छलफल पनि भएको छ । नेपालका परराष्ट्रमन्त्री डा आरजु देउवाले यस विषयमा सूर्यवंशी सुरज सिंहसित टेलिफोन वार्ता पनि गरिन् । उडिसा सरकारले नेपाली विद्यार्थीहरूको अध्ययन कार्यलाई सहज र सरल बनाउन विभिन्न पाइला चालेको छ, जसमा सरकारका वरिष्ठ प्रशासनिक अधिकारीलाई चौबीसैं घण्टा सक्रिय रहन जिम्मा दिएको छ । नेपाली अभिभावकहरूले निकै पैसा खर्च गरेर आप्mना छोराछोरीलाई स्तरीय शिक्षा दिलाउन स्वदेश र विदेशका स्तरीय शैक्षिक संस्थानहरूमा पठाउँछन् । नेपाली विद्यार्थीहरू भारतलाई आप्mनो निम्ति सर्वाधिक उपयुक्त ठाउँ ठानेर नै यहाँ पढ्न आउँछन् । यस्तोमा एउटा मात्र गलत घटनाले वर्षौंको सहयोग, सद्भाव, समर्थन र स्नेहमाथि प्रश्नचिह्न खडा गरिदिन्छ ।

एउटा निजी क्याम्पसका कर्मचारी अथवा प्रशासनले पूरै देशको प्रतिनिधित्व गर्दैन तर धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई यसले मौका अवश्य पनि उपलब्ध गराउने गर्छ । विगत केही वर्षयतादेखि नेपाल–भारत सम्बन्ध निकै सौहाद्रपूर्ण र मैत्रीपूर्ण रही आएको छ । द्विपक्षीय सम्बन्ध प्रगाढ हुँदै आएको थियो । तर सम्बन्ध बिगार्न खोज्नेहरूलाई त एउटा सानो घटनाले पनि ठूलो अवसर उपलब्ध गराउँछ । अहिलेको आर्थिक युगमा शिक्षा र स्वास्थ्य व्यापार भएको छ । शैक्षिक संस्थाहरू विद्यार्थी र तिनका अभिभावकलाई ग्राहक ठान्ने गर्छन् । नेपालमा जथाभावी विश्वविद्यालय खुल्दै गएका छन् । सरकारद्वारा बजेट पनि विनियोजन गरिन्छ । तर विनातयारी केवल केही कोठाहरूमा सीमित विश्वविद्यालयको के अर्थ ? नेपाली विद्यार्थीहरू ११ र १२ पढ्नसमेत अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडा जाने अवस्था किन आइरहेको छ ? नेपाली जनताका करोडौं, अर्बौं रुपैयाँ विदेशका विश्वविद्यालयहरूमा गइरहेको छ । हाम्रो देशमा स्तरीय शिक्षा किन छैन ? नेपालको शिक्षामाथि अभिभावक र विद्यार्थीहरूको विश्वास किन छैन ? सरकारी शिक्षक र कर्मचारीका छोराछोरी पनि सरकारी विद्यालयमा पढ्दैनन् । विगत साढे तीन दशकदेखि सरकारको नेतृत्व तीन ठूला गर्दै आएका छन् । शिक्षा प्रणालीलाई किन भरपर्दो बनाउन सकेनन् । कोभिड–१९ को बहानामा चीनले सयकडौं नेपाली विद्यार्थीलाई आफ्नो देशमा प्रवेश गर्न दिएन । मेडिकलका ती विद्यार्थीहरूले निकै परिश्रमपश्चात् इन्टर्नशिप दिनुप¥यो । स्वदेशमैं राम्रो शिक्षा पाउने रहर कसलाई हुँदैन तर त्यो सस्तो, स्तरीय र सुविधाजनक पनि हुनुप¥यो नि ।

केआइआइटीमा नेपाली विद्यार्थीसित भएको दुव्र्यवहारको आलोचना सबैतिरबाट भएको छ । भारतले यसमा तदारूकताका साथ कारबाही पनि गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विद्यार्थीहरूमा बढ्दो अनुशासनहीनता, अभिभावक–छात्र संवादहीनता तथा शिक्षक–छात्रबीच संवादहीनता अथवा समन्वयको अभावले शिक्षा प्रणालीलाई कमजोर बनाएको छ । गुरु–शिक्षक सम्बन्ध अब ग्राहक र व्यापारीको जस्तो हुन गएको छ । केआइआइटीका जुन कर्मचारीलाई निलम्बित गरिएको छ, तिनको स्वभाव निकै रूखो रहेको गुनासो पहिला पनि सुनिन्थ्यो । जेहोस् भारत सरकार, उडिसा राज्य सरकार, त्यहाँका प्रशासन तथा नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासले चालेको प्रभावकारी पाइलाले विद्यार्थीहरूको शैक्षिक भविष्यमा समस्या आएन । समस्या उत्पन्न हुने बित्तिकै त्यसको समाधान खोजिनुपर्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्