प्याब्सन अन्तरविद्यालय प्रतियोगिता, क्रिकेट तथा फूटबलका आठ खेल सम्पन्न

प्रस, वीरगंज, ७ फागुन/
प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय क्रिकेट तथा फूटबल प्रतियोगिता अन्तर्गत बुधवार आठवटा खेल सम्पन्न भएका छन् ।
प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले फूटबलका पाँचवटा र क्रिकेटका तीनवटा खेल सम्पन्न भएको बताए ।

जुनियर फूटबल अन्तर्गत आज भएको पहिलो खेलमा माउन्ड एडमन्डलाई ज्ञानज्योति स्कूलले शून्यका विरुद्ध दुई गोल गरी जीत निकाल्यो । यस खेलको ‘म्यान अफ द म्याच’ माउन्ट एडमन्डका प्रज्वल मुखिया घोषित भए ।

यसैगरी, दोस्रो खेलमा धोबिनी गापाको ब्लु हेभेनले विद्यासागर स्कूललाई शून्यका विरुद्ध एक गोल गरी जीत निकाल्यो । यस खेलमा ‘म्यान अफ द म्याच’ ब्लु हेभनका अमितकुमार पटेल घोषित भए । तेस्रो खेलमा हिमालय पिरामिड अनुपस्थित भएकोले वीरगंज पब्लिक स्कूल बाई पाएर विजयी घोषित भयो ।

चौथो खेलमा डिएभीले अल्पाइनलाई शून्यका विरुद्ध दुई गोल गरी जीत निकाल्यो । यसमा ‘म्यान अफ द म्याच’ डिएभीका युवराज पटेल भए । आजको पाँचौं तथा अन्तिम खेलमा गोल्डेन फ्युचरलाई ठोरी एकेडेमीले शून्यका विरुद्ध १० गोलले जीत निकाल्यो । यो खेलमा ‘म्यान अफ द म्याच’ ठोरी एकेडेमीका युवेश राई भए ।

यसैगरी, आज भएको टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गोल्डेन फ्युचरले मेरीगोल्डलाई ३१ रनअन्तरले पराजित ग¥यो । दोस्रो खेलमा मूनलाइटले कञ्चनजङ्घालाई १९७ रनअन्तरले पराजित ग¥यो भने तेस्रो खेलमा ज्ञानज्योतिले डिएभीलाई नौ विकेटअन्तरले पराजित ग¥यो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्