उच्च अदालतको फैसला कार्यान्वयन गराउन आग्रह

प्रस, वीरगंज, ७ फागुन/
एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।
सङ्गठनको गत माघ ३० देखि यही फागुन १ गतेसम्म भएको १२औं महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले हिजो मन्त्री गुप्तासँग मन्त्रालयमा भेट गरेको थियो । नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी सदस्यहरू मन्त्रालय पुगेर मन्त्री गुप्तासँग भेटेका थिए । सो अवसरमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी सङ्गठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकोमा बधाई दिए ।

उनले नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

भेटमा नवनिर्वाचित अध्यक्ष दाहालले रिक्त नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरिन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्