मदन भण्डारी फाउन्डेशन पर्साको बैठक

प्रस, वीरगंज, ७ फागुन/
मदन भण्डारी फाउन्डेशन पर्साको पहिलो बैठक बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर बसेको छ । जननेता मदन भण्डारीसमेत ज्ञात, अज्ञात शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरी बैठक शुरू भएको फाउन्डेशन पर्साका सचिव कमलेश गुप्ताले बताए ।

फाउन्डेशन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी चैत ७ गतेसम्म सदस्यताको लागि आवेदन माग गर्ने, पालिकास्तरमा कमिटी गठनको कार्य गर्ने, पालिका इन्चार्ज, सल्लाहकार समिति निर्माण र कार्यसमितिमा सदस्य सङ्ख्या थप गर्ने जस्ता निर्णयहरू गरेको सचिव गुप्ताले बताए । बैठकमा फाउन्डेशनका मधेस प्रदेश सहसचिव नवराज शर्मा, पर्सा इन्चार्ज ठाकुर न्यौपाने, सदस्यद्वय वासु तिमिल्सिना, रञ्जु फुयाँललगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा उपाध्यक्ष रामबाबू सिंह, कोषाध्यक्ष हरिशङ्कर कर्ण, सदस्यहरू नितेश कर्ण, बाबुलाल यादव, तुलसी भण्डारीलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्