अहिले सामाजिक चेतनामा निकै वृद्धि भएको पाइएको छ । चेतनामा वृद्धि भएको यथार्थ पनि हो । पहिलेको तुलनामा सामाजिक सूचनामा समाजको पहुँच निकै विस्तार भएको छ । मानिस समग्र सूचित भएका छन्, भइरहेका छन् । सूचित हुँदा सचेतना बढ्नु स्वाभाविक हो । सचेतनाले उसलाई अब गर्नुपर्ने धेरै कर्तव्यको बोध गराएको छ । पूर्वानुमान गर्न तथा गराउन पनि निकै सजिलो भएको छ । सूचनामा तीव्र पहुँच तथा आपूmलाई सामाजिक सञ्जालमा प्रदर्शन गर्ने हतारले पनि सर्वसाधारणलाई सूचनामा पहुँच हुनुपर्ने बाध्यता छ । सामाजिक सञ्जालमा तत्काल फोटो अपलोड गर्ने वा लाइभ गर्ने कामको केही नकारात्मक पक्ष पनि होलान् तर सकारात्मक पक्ष भनेको सर्वसाधारणले जानकारी पाउनु हो ।
अहिले कतिपय सन्दर्भमा सामाजिक सञ्जालले गर्दा पनि सामाजिक न्याय पाइरहेको अवस्था छ । सञ्जालमा कतिपय राम्रा विषयवस्तुको उठान वा सकारात्मक सन्दर्भहरू नआउँदा समाजले लाभ उठाउन नपाइरहेको यथार्थ एकातिर छ भने अर्कोतिर कतिपय नकारात्मक कुराहरूको उठानले सामाजिक सञ्जालमा महŒवपूर्ण स्थान पाइरहँदा समाजमा नकारात्मक धारणा बनाउने सन्देशहरू प्रवाह भइरहेका छन् । समाजलाई कुन गतिमा लैजाने भन्ने ध्येय धेरैमा रहेको पाइँदैन । चर्चा कमाउनु छ र आपूmलाई राम्रो देखाउन अरूलाई नराम्रो देखाउनु छ । यी र यस्ता सोचबाट प्रेरितहरूले नकारात्मक तथा आक्रामक विषयवस्तू पोस्ट गर्दा तिनीहरूलाई प्रोत्साहन गर्नेहरूले लाइक र शेयर गरेर, प्रोत्साहन वा दुरुत्साहन पुग्ने कमेन्ट गरिदिएर अझ बढी बल पु¥याएको देखिन्छ ।
अनि यो पनि विश्लेषण गरिन्छ कि सामाजिक सञ्जालले गर्दा सामाजिक न्यायको क्षेत्र साँघुरिएको छ वा सामाजिक न्यायको स्वतन्त्रतामा केही ह्रास आएको छ । सामाजिक सञ्जालको बढ्दो चकचकीले गर्दा समाजका कतिपय गोपनीयता तथा विश्वसनीयता पनि बाहिर आएका छन् । सामाजिक मौलिकतामाथि पनि धावा बोल्ने काम भएको छ र समाजमा हुने कतिपय निष्पक्षतामाथि हस्तक्षेप भएको छ । यद्यपि सामाजिक नियम हरेकले पालन गर्नुपर्दछ । समाजको नियमलाई बन्धन मान्नुभन्दा स्वीकार गर्नुपर्ने र समाजको व्यवस्थालाई, यदि देशको ऐन कानूनलाई उल्लङ्घन गर्ने हदसम्मको छैन भने, जोगाउनु पनि परेको छ । वास्तवमा समाजलाई, समाजको मौलिक स्वरूपलाई, सामाजिक विश्वसनीयता र विविधतालाई जोगाउन समाज नै सक्रिय हुुनुपर्छ । समाजको दायरा, क्षेत्र तथा पक्ष विस्तार भइरहेको वर्तमानमा समाजलाई मोबाइलमा कैद गरेर मात्र हेर्न नहुने विचार पनि आइरहेकै छ । समाजमाथि हस्तक्षेप गर्ने कतिपय कुराहरूमा समाजले नै निगरानी पनि गर्नुपरेको छ ।
सामाजिक न्याय हरेक समय प्रगतिशील हुनुपर्छ । यो रुढ भइरहने हो भने समाजमा परिवर्तन सम्भव हुँदैन । समाजको परिवर्तन तथा प्रगतिशील रूपान्तरण पनि जरुरी हुन्छ । समाजको प्रगतिशील रूपान्तरणमा सामाजिक न्यायको पनि विशिष्ट भूमिका रहेको हुन्छ । उदाहरणको लागि, पहिलेको समाज अन्धविश्वासमा विश्वास गर्दथ्यो । बोक्सी लागेको मान्ने तथा कुनै बिरामी पर्दा पनि औषधिको भर पर्नुभन्दा पहिले कुनै धामी झाँक्रीकहाँ पुग्ने चलन थियो । जब शिक्षाको प्रचार हुन थाल्यो तब कुनै पनि हालतमा छोरीलाई शिक्षा दिनुहुँदैन, छोरीलाई शिक्षित बनाउनु भनेको कुल र वंशलाई ध्वस्त पार्नु हो भन्ने सोचाइ थियो । यही गलत सोचाइका कारण छोरीलाई शिक्षाबाट वञ्चित गरिएको थियो । तर सामाजिक चेतनाले अन्धविश्वासको जरोमाथि काम गर्दै जाँदा धेरै किसिमका अन्धविश्वासमाथि प्रहार भएको छ । कतिपय अन्धविश्वास पूर्णतः हराएका छन् र कतिपयमा सुधार भएको छ । आजभोलि छोरीलाई पढाउने कुरामा सबै अभिभावक सहमत छन् ।
आधुनिक विकृतिहरूलाई पनि सामाजिक न्यायको दृष्टिकोणले मूल्याङ्कन गरी हटाउनुपरेको छ । अहिले सामाजिक विकृतिको मूल जरो के हो भनी सोध्ने हो भने अधिकांशले एउटै उत्तर दिने छन्–मोबाइल । मोबाइललाई सामाजिक विकृतिको आधार मान्नुका पछाडि यसको दुरुपयोग मुख्य कारण हो । मोबाइल यस्तो साधन बनेको छ जहाँ जसले जे खोज्छ त्यहीं प्राप्त हुन्छ । यसकारण मोबाइलमा गेम खेल्ने वा भिडियो वा रिल हेर्ने तथा बनाउने लत जसलाई परेको छ उसलाई सितिमिति उम्किन गा¥हो हुन्छ । एक–दुईजनालाई मात्र मोबाइलले यस किसिमको लत पारेको होइन, अधिकांश किशोरहरूमा यो खराब बानी परिसकेको छ । यसले विद्यालय जाने उमेरका बालबालिका तथा किशोरकिशोरीहरूलाई पढाइमा धेरै हदसम्म नकारात्मक प्रभाव पारेको देखिएको छ । मोबाइल वरदान पनि हो तर यसको सदुपयोग गर्नु उचित हुन्छ । मोबाइलको दुरुपयोग गर्ने अर्थात् मोबाइलमा झुन्डिइरहने कतिपय मानिस बिरामी पनि परेका छन् । मोबाइलका विकृतिहरूलाई रोक्न पनि सजिलो छैन तर सामाजिक चेतनाको विस्तार गर्नु भने जरुरी भइसकेको छ । वास्तवमा जुन वर्गले देखिरहेको छ कि मोबाइलले समाजका कतिपय सदस्यमाथि अन्याय गरिरहेको छ, सोही वर्गले नै मोबाइलबाट हुने विकृतिलाई कम गर्न पहल गर्नु उचित हुन्छ । मोबाइल आफैंमा सामाजिक विकृति होइन, तर कतिपय अवस्थामा धेरै नवयुवाको सिर्जनशीलतामा ह्रास ल्याइरहेकोले यस विषयमा बढी सचेत र गम्भीर पनि हुनुपरेको छ ।
यदि गहिरिएर विचार गर्ने हो भने जुन किशोरकिशोरीका बुवा विदेशमा छन् र दुःखजिलो गरेर पैसा पठाइरहेका छन्, अनि किशोरकिशोरीको हातमा आमाबाट निर्वाध रकमको सञ्चार भइरहेको छ, त्यहाँ समस्या देखिएको छ । पहिले मोबाइल, त्यसपछि एउटा मोटरसाइकल अनि गाFजा वा चुरोट वा धूँवा लिने अन्य साधन वा माध्यममा पहुँचको विस्तार । आजभोलि हरेकजसो गाउँटोलमा निकै कम उमेरका बालबालिका वा किशोरकिशोरीहरूमा चुरोट तथा अन्य किसिमको नशाको लत परिरहेको छ । यस विकृतिमा वैदेशिक रोजगारमा रहेका अभिभावकका सन्तानहरू बढी फसेका छन् । आमाको नियन्त्रणमा रहन नसक्ने तथा विद्यालयमा राम्ररी पढ्न नसक्ने, नजान्नेहरूले आप्mनो वर्तमान र भविष्य दुवैसँग खेलवाड गरिरहेका छन् । अभिभावकको अगाडि नै विकृति प्रदर्शन गर्दा अभिभावकले केही गर्न नसकेको अवस्था छ । यस अवस्थामा समाजले नै केही बलियो बन्धन बनाउनु आवश्यक छ । समाज यदि सहमत हुने हो भने गाउँ, कसैको घर वा सरेह, खरिहानमा किशोरकिशोरीहरूलाई भेला हुन नदिने, नशा गर्न नदिने तथा यस्तालाई सामूहिकरूपमा जिम्मेवार बनाउने चलन चलाउन सकिन्छ । साँच्ची नै समाजले दायित्व निर्वाह गर्ने हो भने केही हदसम्म यो सम्भव छ कि समाजमा एउटा न्याय स्थापित हुन्छ अन्यथा वर्तमानले त भविष्य झन् विकराल हुने देखाइरहेको छ ।
अहिले हरेक व्यक्तिलाई बोल्न आउँछ । हरेक व्यक्ति तर्कशील छ । आप्mनो स्वतन्त्रताको सवालमा हरेक मानिस सजग छ । तर जहाँ अरूको स्वतन्त्रताको सवाल आउँछ, सामाजिक मूल्य र मान्यताको पक्ष उभिन्छ, त्यहाँ जिम्मेवारीपूर्ण जवाफ पाइन्न । यहींनेर एउटा ठूलो ग्याप छ । व्यक्तिबाट समाज बन्ने हो र समाजबाट व्यक्तिको गुणावगुण निर्धारण हुने हो तर समाजबाट फाइदा लिने हदसम्म सबै किसिमको फाइदा लिने तर समाजलाई सुधार गर्ने वा अझ राम्रो बनाउने सवालमा आप्mनो भूमिका विचार नगरिदिने परिपाटी चाहिं स्वतन्त्रताको दुरुपयोग हो । स्वतन्त्रताको दुरुपयोग गर्नेहरूबाट समाजमा नकारात्मताको सङ्क्रमण नै विस्तार हुन्छ, सामाजिक न्यायमाथि अतिक्रमण हुन्छ तर आवश्यकता सामाजिक न्यायको छ । वर्तमान परिवेशमा सामाजिक न्यायलाई नयाँ किसिमले परिभाषित गर्नुपरेको छ । समाजमा देखिएका विकृति–विसङ्गतिलाई निस्तेज बनाउन समाजमा नयाँ एकता आवश्यक देखिएको छ । कम्तीमा सामाजिक सञ्जाललाई यतिसम्म व्यवस्थित गर्नुपरेको छ कि गलत र भ्रामक तथा समाजमा विकृति फैलाउने नकारात्मक पोस्ट गर्नेमाथि कानूनी कारबाई गर्न गराउन समाज नै तयार हुनुपर्छ । सकारात्मक सन्देश दिने काम गर्नेलाई समाजले प्रोत्साहन पनि दिनुपरेको छ ।