शिक्षक महासङ्घद्वारा पालिकाहरूमा ज्ञापन

प्रस, वीरगंज, ६ फागुन/
नेपाल शिक्षक महासङ्घ अन्तर्गत पर्साका १४ वटै शाखाले पालिकास्तरमा मङ्गलवार ज्ञापन बुझाएका छन् । वीरगंज महानगरका अध्यक्ष प्रदीप जैसवालले आज महानगरको शिक्षा महाशाखामा ज्ञापन बुझाएका थिए । यसैगरी, केन्द्रीय कार्यक्रम अन्तर्गत ठोरी गाउँपालिका समितिले विभिन्न शैक्षिक एवं पेशागत मागहरू राख्दै ज्ञापनपत्र बुझाएको छ । गापा कार्यालय, घ्याङडाँडामा गापाध्यक्ष लालबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको थियो । नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ र निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

विद्यालय शिक्षा ऐन पारित गर्नुपर्ने, भूतप्रभावी निवृत्तिभरणसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने, सबैखाले अस्थायी र बालविकास शिक्षकसम्बन्धी समस्या समाधान गर्नुपर्ने, विगतमा महासङ्घसँग सरकारले गरेको सम्झौताको कार्यान्वयन गर्नुपर्ने ज्ञापनमा उल्लेख छ । पहिलो चरणको आन्दोलन शुरू भएको यसले व्यापक रूप लिन नपरोस् भनी ज्ञापनमार्फत चेतावनी दिइएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्