कृषिमन्त्रीद्वारा कृषि बजारको उद्घाटन

प्रस, पंचगावाँ, ६ फागुन/
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीमा निर्मित कृषि बजार सेड तथा चिस्यान केन्द्र भवनको मङ्गलवार उद्घाटन भएको छ ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले उद्घाटन गर्दै कृषि बजार सेड तथा चिस्यान केन्द्र निर्माणले यस क्षेत्रका किसानको हित हुने बताए ।

उनले किसानका लागि सिंचाइ, खेतमा बिजुली, कृषि बजारको व्यवस्था, पशुपालन, माछापालनलगायतका विषयमा आफूले काम गरिरहेको दाबी गरे । उनले किसानहरूको हितका लागि कृषि बीमा कार्यक्रम ल्याएको र अब बाली, माछा, बीमा गर्न सकिने बताए ।

उनले कृषिलाई व्यवस्थित बनाउन महिला स्वयंसेविकाको व्यवस्था गर्ने बताए । उनले कृषिमा आधुनिकीकरण ल्याउनेगरी काम भएको र कृषि सेवा सहज भएपछि देशमा समृद्धि आउने बताए ।

गापाध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतो, वडाध्यक्ष मोलाजिम मियाँ, युगेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वासु पञ्जियार, माधव राउतलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्ष विजय गैरेले स्वागत गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्