प्रस, परवानीपुर, ३ फागुन/
प्रेस चौतारी नेपाल बाराको शनिवार निजगढ नगरपालिकामा छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले अधिवेशन उद्घाटन गरेका थिए । जिल्ला अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्वमन्त्री ज्वाला साह, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदी, चौतारीका केन्द्रीय सचिव कमल उपाध्याय, केन्द्रीय सदस्यद्वय श्याम बन्जारा, अच्युत पौडेललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्दीप कोइरालाले गरेका थिए ।
यसैबीच, आज सम्पन्न बन्दसत्रबाट थानेश्वर सापकोटाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षद्वय निलिशा वर्मा, जिउत यादव, सचिव श्याम गुप्ता, सहसचिवद्वय धीरेन्द्र तिवारी, जियालाल चौधरी र कोषाध्यक्ष प्रह्लाद तिमिल्सिनालगायतका सदस्यहरू छन् । यसैगरी, प्रदेश परिषद् सदस्यहरूमा राधेश्याम पटेल, दिवाकर भण्डारी, तुलसा भण्डारी केन्द्रीय परिषद् सदस्यहरूमा निलिशा वर्मा, इन्दीप कोइरालालगायत छन् ।